आज दाहसंस्कार गरिदैं
नेपालगन्ज : बघौडा क्षेत्रका ‘सूर्य’ अर्थात दिनेशचन्द्र यादव अस्ताएका छन् । बघौडा क्षेत्रको राजनीतिमा दिग्गज मानिने यादव अन्ततः कोरोनाका कारण मृत्युवरण हुनुप¥यो । विकास, पछौटेपन तथा राज्यको मूलप्रवाहिकरणबाट टाढा रहेको बघौटाक्षेत्रको हरेक समस्या समाधानका लागि सकृय राजनीतिमा रहेका यादव बाँकेको राजनीतिमा बघौडा क्षेत्रको सूर्यका उपमाले परिचित थिए ।
सालिन, भद्र स्वभावका यादवप्रति कम्युनिष्ट मात्र नभइ सो क्षेत्रका नेपाली काँग्रेससंगै अन्य विचारमा आस्था राख्नेहरुको उनीप्रति सहानूभूति थियो ।
बघौडा क्षेत्रको राजनीति, सामाजिक, साँस्कृतिक, आर्थिक तथा विकासका सबै आयाममा दिग्गज उनी सो क्षेत्रको वकालतमा भारतीय भूमि प्रयोग गरि नेपालगन्ज हुदैँ केन्द्रसम्म पैरवी गर्दै आएका थिए । भर्खरैमात्र सडक सञ्जाल र राप्ती नदीमा केही वर्ष पहिले बनेको पुलले नेपालगन्जसंग सोझो सम्पर्क ग¥यो । तर, यादव बाटो, पुल विनै बघौडाक्षेत्रको समस्या र त्यसको समाधानका लागि जानकार थिए ।
संविधान सभा सदस्य एवंम नेकपा बाँकेका ईन्चार्ज दिनेशचन्द्र यादवको निधनले यतिबेला नेकपा बाँके मात्र नभएर सिङ्गो बघौडा क्षेत्र शोकमय बनेकोछ ।
प्रजातन्त्रको आन्दोलनहोस्, चाहे दश वर्षे सशस्त्र द्वन्द्व या २०६२/०६३ सालको जनआन्दोलनका क्रममा भएको राजनीतिक उतारचढावमा समेत निरन्तर बघौडा क्षेत्रका हितमा लागिरहे यादव ।
पछिल्लो पटक कोरोनाले सिकिस्त हुदाँ उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । कोरोना पोजेटिभ पाइएका यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं लगिईएको थियो ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको पछिल्लो पटक स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थिए । कोरोना संक्रमण भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
नेकपा बाँकेका संयोजक आईपी खरेलका अनुसार ग्राण्डी अस्पतालमा उपचाररत यादवको बिहीबार बिहान २ः३० बजे उपचारका क्रममा निधन भएको हो ।
उनका अनुसार यादवको स्वास्थ्य अवस्था गत शनिबार बेलुकादेखि नाजुक बन्दै गएको थियो । स्वास्थ्य अवस्था नाजुक बनेपछि सोहीदिन नै थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
खरेलका अनुसार स्वास्थ्य अवस्था चिन्ताजनक भएतापनि यादवको मनोबल अत्यन्त उच्च रहेको थियो । तर, नियतिको खेल वहाँ हामीमाझ हुनुहुन्न । वहाँको निधनले म मात्र होइन सिङ्ग पार्टी स्तब्ध बनेकोछ ।
स्वासप्रश्वास, विपी र मधुमेह जस्ता रोगबाट पहिलेदेखि नै जकडिएका यादवकोे यसअघि वाइपास सर्जरी गरिएकाले कोरोना भाइरस संक्रमित हुदाँ उनको स्वास्थ्य अवस्था झन जटिल बनेको हो ।
पछिल्लो समय उनमा कोरोना नेगेटिभ भएपनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनका आफन्त सोहनलाल यादवका अनुसार मृगौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवलाई बचाउन सकिएन ।
उनको मृत्युसंगै यतिबेला नेकपा बाँके स्तब्ध बनेकोछ । नेकपा बाँकेका अग्रज नेता मध्ये एक यादव नेकपाको बाँके जिल्ला कमिटीको इन्चार्ज तथा केन्द्रीय सदस्य समेत थिए ।
यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । यसका अलावा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका थिए । यस्तै भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य समेत रहेका थिए ।
बाँकेमा, खासगरी राप्तीपारी क्षेत्रमा नेकपा (एमाले) लाई स्थापित गर्न अतुलनीय योगदान गरेका यादव लोकप्रिय, मिलनसार र मृदुभाषी नेतामा गणना गरिन्छ ।
सांसद, राज्यमन्त्री र केन्द्रीय कमिटी सदस्यका रूपमा उनले गरेका योगदान त छँदैछन्, मधेसी समुदायबीच पार्टीलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
यसैबीच यादवको शव स्थलमार्गबाट नेपालगन्ज ल्याइदैँछ । शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उनको घर नरैनापुरमा अन्तिम संस्कार गरिने छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल