नेपालगन्जः बाँकेमा सञ्चालित स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा गुर्वाकोट क्लब, सुर्खेत र साहरा एफसि, लखनउ विजयी भएका छन् ।
जसकिसान स्पोर्ट्स क्लबको आयोजनामा जिल्लाको खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा शान्ति स्पोर्ट्स क्लब बाँकेलाई गुर्वाकोट क्लब सुर्खेतले ०–२ गोलले हरायो ।
यस्तै दोस्रो खेलमा साहरा एफसी लखनउले चन्दननाथ क्लब जुम्लालाई ३–१ गोल अन्तरले हराउन सफल भयो । योसंगै गुर्वाकोट क्लब, सुर्खेत र साहारा एफसि, लखनउले आफ्नो विजयी यात्रा शुरु गरेकोछ ।
गुर्वाकोटका लागि धर्मेन्द्र थापाले २ गोल गरे । थापाले दोस्रो हाफको २२ र २८ मिनेटमा गोल गरे । थापाको गोलनै गुर्वाकोटका लागि जित प्राप्त गर्न उपलब्धि मुलक बन्यो ।
गोलविनाको प्रतिस्प्रधा भइरहेका बेला ट्राइबेगबाट विजयी चुनिने हो की भन्दै दर्शक निरास बनिरहेका बेला थापाको आक्रमक गोलले दर्शगदिर्घामा बसेकाहरु हुटिङ्ग गरेका थिए ।
यस्तै लखनउका लागि जुवेर अलीले खेलको १० मिनेटमै पहिलो गोल गरेर आफ्नो दवदवा कायम गरे । खेलको पहिलो १० मिनेटमै एक गोल खाएको चन्दननाथ क्लब जुम्लालाई दवा सिर्जना भएको थियो ।
खेलकै दौरानमा लखनउका मोन्टी राजले खेलको १७ र दोस्रो हाफको ३० मिनेटमा गरी दुई गोल गरे ।
यता दवावमा रहेको चन्दननाथ क्लबका लागि भने शौगात भण्डारीले कडा मेहनत पछि दोस्रो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
जय किसान स्पोर्ट्सले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।
नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।
मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।