काँग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा


काँग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रास्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधी सभा विघटन गरेपछि काङ्ग्रेसले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । गत पुस १३ गतेदेखि आन्दोलनरत नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । सोही विरोध सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका नेता एवम पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजाल नेपालगन्ज आइपुगेकाछन् ।

नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलिला मैदानस्थित सरस्वती मन्दिर नजिक हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका नेता एवम पूर्बमन्त्री डाक्टर रिजालले सम्बोधन गर्नेछन् ।

शनिबार बिहान ११ बजे उक्त बिरोध सभा सुरु हुने नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त बिस्टले जानकारी दिए । यसैगरि डुडुवा गाउँपालिकाको बनकट्टीमा दिउँसो आयोजित बिरोध सभालाई पनि नेता रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्न नेता रिजाल शुक्रबार बेलुकी नै नेपालगन्ज आइसकेको काङ्ग्रेस बाँकेका जिल्ला सदस्य सुधान्सु कोइरालाले जानकारी दिए ।

यस्तै बाँकेमा नेपाली काङ्ग्रेसले शनिबार गर्न लागेको बिरोध प्रदर्शनका सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधी सभा विघटनको बिरोधमा काङ्ग्रेसले बाँकेको ८ वटै स्थानीय तहमा विरोध सभाको ब्यापक तयारी गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपील गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ शुक्रबार देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।