नेपालगन्ज ३ माघ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बाँकेको आठौं साधारण सभा तथा अधिवेशन नेपालगन्जमा शुरु भएकोछ ।
नेपालगन्जको भ्यू सिद्धार्थ होटलमा एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले उद्घाटन गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेकी अध्यक्ष शशी स्वाँरको अध्यक्षतामा भएको उक्त साधारण सभा तथा अधिवेशनको मेयर राणाले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
उद्घाटन शत्र पश्चात हुने बन्द शत्रले सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष स्वाँरले जानकारी दिइन् ।
कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिनुका साथै नयाँ सदस्यता समेत प्रदान गरिएको थियो ।