जेष्ठ नागरिक सम्मान गर्दै जाडो छल्न न्यानो विस्तरा वितरण


जेष्ठ नागरिक सम्मान गर्दै जाडो छल्न न्यानो विस्तरा वितरण

जेष्ठ नागरिकलाई सम्मान गर्दै वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्र हमाल । फोटो : दीपक शर्मा /सेतोखरी

बर्दिया ४ माघ: मधुवन नगरपालिकाले ९० वर्ष र ८५ वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण असक्त अपाङ्गलाई न्यानो सामाग्री वितरण गरेको छ ।

मधुवन नगरपालिकाले नगरक्षेत्रमा बसोबास गर्ने ९० वर्ष माथिका र ८५ वर्ष माथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग अशक्त रहेका ९ वटै वडाका नागरिकलाई जाडो मौसमलाई मध्यनजर गर्दै डस्ना वितरण गरेको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

जसअन्तर्गत वडा नम्बर १ का ९० वर्ष माथिका जेष्ठ नागरिक ५ जना अपाङ्ग ३ जना, वडा नम्बर २ का ३ जना जेष्ठ नगरिक, ४ जना अपाङ्ग, वडा नम्बर ३ का २ जना जेष्ठ नागरिक र ५ जना अपाङ्ग, वडा नम्बर ४ का ४ जना जेष्ठ नागरिक ७ जना अपाङ्ग, वडा नम्बर ५ का ८ जना जेष्ठ नागरिक, वडा नम्बर ७ का ३ जना जेष्ठ नागरिक र ५ जना अपाङ्ग भएका ब्यक्ति गरि ४३ जना ९० वर्षमाथिका जेष्ठ नागरिक र ३४ जना पूर्ण अपाङ्गलाई न्यानो सामाग्री अन्र्तगत विस्तरा वितरण गरिएको हो ।

यसैगरी ८५ वर्ष माथिका जेष्ठ नागरिक वडा नम्बर ६ का १६ जना, पूर्ण अपाङ्ग १२ जना, वडा नम्बर ७ का १६ जना जेष्ठ नागरिक १३ जना पूर्ण अपाङ्ग र वडा नम्बर ८ का १७ जना जेष्ठ नागरिक १० जना पूर्ण अपाङ्ग गरी ४९ जना ८५ वर्ष माथिका जेष्ठ नागरिक तथा ३५ जना पूर्ण अपाङ्गलाई उक्त सामाग्री वितरण गरिएको मधुवन नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख शोभाकुमारी शर्माले जानकारी दिइन ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार अझंै पनि वडामा रहेका बाँकी जेष्ठ नागरिक र पूर्ण अपाङ्ग नागरिकलाई केहि दिनभित्र सामाग्री वितरण गरिनेछ ।

मधुवन नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्र हमालले वडाका सम्पूर्ण जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान र सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको हो ।