केपी ओली विध्वंशकारी व्यक्ति हुन : नेपाल

बामदेव गौतमलाई ढुलमुले व्यवहार नगर्न सुझाव


केपी ओली विध्वंशकारी व्यक्ति हुन : नेपाल

बर्दिया ४ माघ : नेकपाका (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विध्वशंकारी व्यक्ति भएको बताएका छन् ।

बर्दियाको गुलरियामा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले –‘एउटा विध्वशंकारी, सन्काहा व्यक्तिले चालेको कदम कुनै पनि हालतमा संविधान सम्मत नभएको हुँदा संसद पुर्नस्थापनाको विकल्प छैन ।’

ओलीको तमासाबाट नेकपाका कार्यकर्ता मात्र होइन आम नेपाली पीडित भएको बताउँदै अब यस्ता तमासेबादहरुलाई पार्टि भित्रको साधारण सदस्य समेत राख्न नहुने कुरामा अध्यक्ष नेपालले जोड दिए ।

आईतबार बर्दियाको गुलरियामा आयोजित पार्टि कार्यकर्तालाई खुल्ला रुपमा प्रशिक्षण दिदैँ पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष नेपालले लोकतान्त्रिक परिबेशमा ओली गुटको अन्त्य निश्चित भएको बताउँदै ओलीको गुटमा रहनु आफैलाई सिध्याउनु सरह रहेको स्पष्ट पारे ।

Kids Festival 2022
kanti aarogya hospital

उनले सम्पुर्ण कम्युनिष्टहरुलाई ओलीको दमन, अत्याचार, शोषण र गैर संबैधानिक कार्यको बिरुद्धमा आवाज उठाउन आग्रह गरे ।

आफ्ना भनार्ई राख्ने क्रममा अध्यक्ष नेपालले अधिकांश समय ओलीको आलोचना गरेका थिए । उनले ओलीको आलोचना गर्दैे पुष्पकमल दाहालको प्रशंसा गरेका थिए ।

नेपालले पुष्पकमल दाहाल प्रचण्ड सोझो भएको हुँदा पार्टि एकिकरण हुदाँदेखि नै ओलीबाट हेपिदैँ आएको बताउँदै त्यो अवस्थामा आफु भए प्रतिकार गर्थे होला प्रचण्ड सोझो भएकै कारण ओलीको हेपाहा प्रबृद्धि मौलाएको बताए ।

यस्तै उक्त प्रशिक्षणमा नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठले कुनै पनि हालतमा संसद पुनस्र्थापना हुने बताउँदै संविधानको रक्षाका लागी ओली जस्ता सामन्तबादीलाई पाखा लगाउन जरुरी भएको बताए ।

नेता श्रेष्ठले गत बैशाख महिनामा भएको सचिवालय बैठकमा बामदेव गौतमले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा माग गरेको दाबि गर्दै हाल आएर ढुलमुले व्यवहार नदेखाउन बामदेव गौतमलाई आग्रह गरे ।

‘यो ढुलमुले व्यवहारले गौतमलाई फेरी अप्ठेरोमा पार्नेछ । यसप्रति गौतमले सोच्नुपर्छ ।’ भन्दै नेता श्रेष्ठले सुझाव पनि दिए ।