देशभर ३२२ संक्रमित थपिदाँ ६ जनाको मृत्यु


देशभर ३२२ संक्रमित थपिदाँ ६ जनाको मृत्यु

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ सय २२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६ जनाको पीसिआर परीक्षण गर्दा ३ सय २२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख १६ हजार ७ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ६५ पुगेको छ । हाल २ सय २१ जना क्वारेन्टिनमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

गत २४ घण्टामा ३ सय ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल १ सय ९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ६१ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ जना आइसियु र १ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा ७० जना आइसियु र २२ जना भेन्टिलेटरमा, गण्डकीमा ५३ जना आइसियु र ८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ जना आइसियु र ३ भेन्टिलेटरमा रहेका छन् ।

कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।