सेमिफाईनलमा आयोजकसहित ४ टिम प्रवेश

सुर्खेतमाथि जयकिसानको सानदार जित


सेमिफाईनलमा आयोजकसहित ४ टिम प्रवेश

नेपालगन्ज ५ माघ : जयकिसान स्पोर्ट्स क्लबको आयोजनामा बाँकेको सैनिकमा सञ्चिालन स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आयोजक जयकिसान स्पोर्ट्स क्लब ‘ए’ विजयी भएकोछ ।

आयोजक जयकिसानले २ गोल गर्दै गुर्भाकोट क्लब सुर्खेतमाथि सहज जित हाँसिल गरेको हो । योसंगै आयोजक जयकिसानले सेमिफाईनलको यात्रा तय गरेकोछ ।

जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको हो । जयकिसानका विक्रमसिंहले ३० मिनेट र ७४ मिनेटमा सानदार गोल गरेका हुन् ।

मंगलबारदेखि सञ्चालन हुने सेमिफाइनल खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् ।
मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए ।

नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।