नेपालगन्जका दुईजना कोरोना संक्रमितको मृत्यु, कोहलपुरका मेयर रावतसहित परिवारका अन्य सदस्यमा कोरोना पुष्टि


नेपालगन्जका दुईजना कोरोना संक्रमितको मृत्यु, कोहलपुरका मेयर रावतसहित परिवारका अन्य सदस्यमा कोरोना पुष्टि

नेपालगन्ज ६ माघ : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका दुई जना पुरुषको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा र एकजनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

केन्द्रका अनुसार होम आइसोलेसनमा बसेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१० का ७० वर्षीय बृद्धको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो । भने अर्का नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१ धम्बोजीका ४९ वर्षीय पुरुषको मङ्गलबार विहान ६ः१० बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

होम आइसोलेसनमा रहेका ती ७० वर्षीय बृद्धमा पुस २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

होम आइसोलेसनमा रहेकै बेला ती बृद्धको अक्सिजन लेभल कम भएपछि उनलाई पुस २७ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा उपचाररत ती बृद्धको स्वास्थ्यमा सुधार आएपछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी पुस २९ गते डिस्चार्ज गरिएको थियो ।

केन्द्रका अनुसार मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना परीक्षण गर्दा पुस २८ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।

तर, सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा बिहान ६ बजे भर्ना गरिएको थियो ।

रोगको प्रकृति अनुसार उपचार सुरु गरिए पनि उनको स्वास्थ्यमा सुधारन नभएपछि मङ्गलबार बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल जनाएको छ ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेकोछ ।

यसैबीच, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई कोरोना पुष्टि भएकोछ । जनकार्यमा निरन्तर सक्रिय रहेका नगरप्रमुख रावतलाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

गत पुस २८ गतेदेखि सामान्य रुघाखोकी देखा परेको नगरप्रमुख रावतले आईतबार स्वाब जाँचको लागि नमुना दिएकोमा सोमबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पाइएको छ ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आईसोलेसनमा बसेर स्वास्थ्य लाभ लिईरहेको कार्यपालिका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए ।
यस्तै नगरप्रमुख रावतसंगै उनकी श्रीमति, छोराबुहारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरप्रमुख रावत कोरोना संक्रमित भएको जिल्ला कोभिड–१९ फोकल पर्शन तेज ओलीले समेत पुष्टि गरेका छन् ।