प्रभावकारी तरिकाले पढ्ने बिधि


प्रभावकारी तरिकाले पढ्ने बिधि

कुनैपनि कुरा पढ्नु भनेको पढेको कुरा बुझ्नु र बुझेको कुरा ब्यवहारमा लागू गर्न सक्नु हो । तर, सबै कुरा दिमागमा  राख्न र त्यसलाई प्रयोगमा ल्याउन सकिदैंन र यो आवश्यक पनि छैन । तर बिद्यालयमा पढेको, आफ्नो कक्षाको पाठको अर्थ, माने र बिधाको जानकारी लिने र मनन् गर्ने र त्यसलाई आफ्नो शैलीमा÷मौकितामा प्रयोग गर्न सक्नु अनिवार्य मानिन्छ । यसकालागिः

उद्देश्य बनाउनुहोस्ः

बिद्यार्थी भाइ–बहिनीहरुले कुनै पनि तहको पढाइ सुरुगर्नु भन्दा पहिले उक्त तह किन पढ्ने, के प्राप्त गर्ने ? जस्ता प्रश्नहरुको उत्तर प्राप्त गर्न उद्देश्य तय गर्नु पर्दछ । यसकालागिः

१. म किन पढ्ने, कस्कालागि पढ्ने भन्नेकुराको निष्चित गर्नु पर्दछ ।
२. म यो बिषय वा तह पढेर के बन्ने, के गर्ने भन्ने कुरा निष्चय गर्ने । जस्तोः कक्षा १ राम्रो संग पढ्नुको अर्थ हुन्छ अर्को बर्ष कक्षा २ मा जानु । त्यसैले कक्षा १ मा राम्रोसंग पढ्नु र कक्षा १ को उद्देश्य हाँसिल गर्नु हो ।

Kids Festival 2022
kanti aarogya hospital

योजना गर्नुहोस्ः
कुनैपनि काम गर्नुभन्दा पहिला योजना बनाएर गर्दा त्यो काममा सफल भईन्छ । त्यसैले बिद्यार्थीकालागि पढ्ने पनि एउटा महत्वपूर्ण काम हो । हामीले माथि नै भनिसक्यौं, हाम्रो उद्देश्य हुन्छ । त्यही उद्देश्य पुरा गर्न हामीले योजना बनाउनु पर्दछ ।

हामी कसरी पढ्ने, साँझमा कति बजेदेखि आफ्नो कोठामा बसेर कति बजेसम्म पढ्ने ?, बिहान कति बजे उठ्ने र कति बजे सम्म पढ्ने ? बिभिन्न अध्ययनहरुले भन्छ कि बिहानको समयमा पढेको तथ्य हाम्रो स्मरणमा बढी समयसम्म रहने र त्यो बढी लाभदायक हुन्छ । योजना बनाउँदा आफ्नो स्वार्थमात्र पुरा हुने नभई घरको काम, बुवा–आमालाई सघाउने कुरा, सामाजिक दायित्व आदिलाई पनि ध्यान दिनु पर्दछ । यसलाई मिलाउनु पर्दछ । र, योजना बनाई सकेपछी योजना कार्यन्वयन निरन्तर हुनुपर्दछ ।

योजना बनाउँदा यि कुराहरुलाई ध्यान दिनु पर्दछ:
क्र.सं.   के गर्ने?    कसरी किन?      कहिले       कहां         कस्ले (जिम्मेवारी)

....    ......       .......           ......         ......           .......

पाठ्य सामाग्री र सन्र्दभ सामाग्री संकलन तथा प्रयोग :

कुनैपनि कक्षामा अध्ययन गर्दा वा अन्य पाठ्य सामाग्रीको अध्ययन गर्दा आफ्नो कक्षाका पाठ्य पुस्तक समयमा खरिद गरिसकेपछी उक्त पाठ्य बस्तु अनुसार मिल्दाजुल्दा र पाठ्य बस्तुलाई सहयोग गर्ने, उक्त पाठ्य बस्तुको बिस्तृतरुपमा ब्याख्या गरिएका अन्य सामाग्रीहरु पनि खरिद गर्नु पर्दछ ।

यी सामाग्रीहरुलाई सन्र्दभ सामाग्रि अर्थात (Reference Books/materials) भनिन्छ । सन्र्दभ सामाग्रीहरु जहिले पनि बिषयसंग सम्बन्धित सामाग्री हुनु पर्दछ । जस्तो भूगोल बिषय पढ्दा एट्लस त्यस्तै ज्यामिति बिषय पढ्दा युक्डिका बारेमा पनि पढ्नु पर्दछ । युक्लिड त्यस्ता गणित्यज्ञ हुन जस्लाई ज्यामितिका जनक पनि भनिन्छ । उनले थेलिज, पाईथागोरस जस्ता बैज्ञानिकहरको तथ्य पढे र चिने जानेको तथ्यलाई यसप्रकार ब्यवस्थित गर्नु ताकि बिद्यमान तथ्य जोडेर नयाँ बिचारको जानकारी र त्यसको प्रमाण पनि मिल्छ, यो नै युक्डिको महत्वपूर्ण देन हो । तर्कको यो प्रणालीलाई निष्कर्ष प्रणाली भनिन्छ।

त्यस्तै समकोण त्रिभुज पढाउँदा पाईथागोरसका बारेमा पढाउनु पर्दछ । नाप तौलको ईतिहासमा महत्वपुर्ण त्यो समकोण त्रिभुजको एउटा भुजा ३ सेमीको छ भने र्को भुजाको लम्बाई ४ सेमी हुन्छ भने समकोणको अगाडीको भूजाको लम्बाई ५ सेमीको हुन्छ ।

अर्थात उक्त त्रिभुजको लम्ब र आधारमा बनेको बर्गको जोडसंग समकोणको अगाडीको भुजा अर्थात कर्णम ाबनेको बर्ग बराबर हुन्छ । यो नियम कुनैपनि समकोण त्रिभुजकोलागि सही हुनेछ भनेर निष्कर्ष निकालेका थिए अर्थात यहि नियमलाई नै पाईथागोरसको नियम भनिन्छ । यसैगरी बिजुलीको बल्व (चिम) आविष्कारको बिषयमा पढाउनु छ भने थोमस अल्वाअडिसनका बारेमा पनि पढ्दा अझ धेरै बुझ्न मद्दत गर्दछ । बिजुलीको आविष्कारक उनै हुन । यस्तैअरु उनले आफ्नो जीवनमा १०९३ वटा आविष्कारको पेन्टेट नै लिईसकेका छन ।

उनले आफ्नो जीवनमा यति धेरै आविष्कारहरु गरेकी उनको आविष्कारले अहिलेको विश्वलाई कति मद्दत गरेकोछ । यिनै सन्र्दलाई सन्र्दभ सामाग्री
भनिन्छ । सन्र्दभ सामाग्रीले ज्ञानमा पूर्णता दिन मद्दत गर्दछ ।

अभ्यास/प्रस्तुति:
सिक्नकालागि, ज्ञानमा निखारता ल्याउन र गहिराईमा पुग्न अभ्यास अर्को महत्वपूर्ण तरिका हो वा यसले सहयोग गर्दछ । अभ्यासले मानिसको ब्यवहार
परिवर्तनमा सहयोग गर्न मद्दत गर्दछ । एउटा उधाहरण हेरौं : एउटा केटाले साईकल चलाउन सिक्ने बेला सर्वप्रथम उसलाई आफ्नो शरिर र साईकलको ब्यालेन्स मिलाउन गाह्रो हुन्छ । उस्ले सिधा अगाडी हेरेर साईकल कन्ट्रोल गर्न सक्दैन । ऊ डराई–डराई चलाउने कोशिस गर्दछ तर, ऊ धेरै पटक लड्न सक्छ । कति ठाँउमा चोट लाग्छ तर, धेरै प्रयास पछी उस्ले साईकल चलाउन सिक्छ र पछी अर्को साथीलाई पछाडी बसाएर चलाउन सक्छ ।

पछी त उस्ले एउटा हात छोडेर कहिलेकाहीं दुबै हात छोडेर र गीत गाउँदै साइृकल चलाउन सक्छ । हामीले पनि यस्ता उधाहरणहरु देखेका छौं र हामी आफैले भोगेका पनि छौं । वास्तवमा उस्ले प्रयास गर्न वा अभ्यास गर्न छाडेको भए यो अवस्थामा ऊ आउने पक्कै थिएन।

एवं प्रकारले हामीले पनि आफ्नो पढाइलाई निरन्तर प्रयास गर्ने, एउटै हिसावलाई ५–१० पटक अभ्यास गर्यो भने ऊ उक्त हिसावमा र त्यस्ताखाले हिसाव बनाउन उस्लाई आईतवार कुर्नु पर्दैन । एउटै समस्यालाई वारम्वार अभ्यास गर्दै जाने हो भने त्यस्ता समस्याहरु बानीमा परिणत हुन्छ र पछी त्यस्ता समस्या सजिलै हल गर्न सकिन्छ ।
यसै सन्र्दभलाई जोडेर हेर्दा बिद्यार्थीहरुले कसरी सिक्छन भन्ने कुरा पनि हेरौं : वास्तवमा सुनेर मात्र पनि सिकाइ पूर्ण हुन गाह्रो हुदोरहेछ । कलेज, स्कूलमा शिक्षकको लेक्चर बिद्यार्थीले एक पटकमात्र सुनेर कुनैपनि बिद्यार्थी पूर्ण हुन सक्दैन ।उसले सुनिसकेपछी हेर्नु पर्दछ, छुनु पर्दछ र उसले आफैले गरेर सिक्यो भने पूर्णहुदै जानसक्छ ।

त्यसैले अभ्यासलाई बढी जोड दिईएको हो । अव, क्लियर भयो होला सिकेका कुरा कसरी प्रयोग गर्न सकिन्छ ? त्यसैले माथि भनिसकियो कि सन्र्दभ सामाग्री कति आवश्यक हुंदोरहेछ ? कक्षामा शिक्षकले दिने सहयोग एउटा बाटो देखाउने काम हो । बाँकी काम बिद्यार्थीले नै गर्नु पर्दछ । त्यो काम गर्नकोलागि हामीसंग सन्र्दभ सामाग्री प्रयाप्त हुनुपर्दछ । ती सामाग्री आफ्नो पाठ्यक्रम/बिषय संग मिल्नेगरी तुलना गरेर पढ्नु र लेख्नु पर्दछ । त्यसपछी आफ्नो सहपाठीसंग छलफल गर्नु पर्दछ र शिक्षकहरुसंग पनि त्यसलाई चेक जाँच पनि गराउनु पर्दछ ।

बिषय बस्तुलाई सन्र्दभसंग जोड्ने :
आफ्नो बिषय बस्तुलाई मिल्दा जुल्दा सन्र्दभ र समसामयिक बिषयबस्तुसंग जोडेर पढेका कुरा बुझ्न सक्नु अति उत्तम मानिन्छ । यस्तो लेखाईलाई क्रियटिभ बुझाई र लेखाई भनिन्छ । यो खालको लेखाई अधिकांश बिद्यार्थीहरुले लेख्न सक्देनन् । कक्षामा कोही बिद्यार्थी प्रथम भईरहन्छन । कोही बिद्यार्थी प्रायः असफल भईरहने गरेको हामीले देखेका छौं र भोगेका पनि छौं । यस्तो किन हुन्छ ? सबै बिद्यार्थी संग पढेका, सुनेका, देखेका र अभ्यास गरेका कुरा झट्ट बुझन, मनन् गर्न सक्ने क्षमता कम हुन्छ ।

त्यस्ता बिद्यार्थीहरुले पनि आफूलाई तिखार्न वा तिष्ण बुद्धिको बनाउन सक्छन । यसकालागि माथि भनिसकियो कि उद्देश्य बनाउने, योजना बनाउने, अभ्यास गर्ने, नबुझेको कुरा शिक्षकलाई सोध्ने, नबुझेसम्म त्यही बिषयको पछाडी लागिरहनु पर्दछ । त्यो बिषय पूर्णरुपले जानिसकेपछी त्यसैसंग मिल्दो अर्को बिषय पढ्दा छिटो बुझिन्छ । यसले बुझाईमा निखारता ल्याउँछ । मौलिकता बढ्छ । जव मौकिता बढ्छ, सिकाइको स्तर उच्च हुन्छ । अनि बिद्यार्थीले अन्य नयाँ कुराको आविष्कार पनि गर्न सक्छ । जस्तो पहिले राईट दाजु–भाइले बनाएको हवाई जहाज सामान्य खालको थियो । पछीका बैज्ञानिकहरुले त्यसलाई अरु विकास गर्दै आजको हवाई जहाजको रुपलिएको हो । पहिलेको कम्पुटर पनि सामान्य खालको थियो तर पछी क्रमशः विकास हुंदै आजको कम्पुटर, ल्यापटप आएका हुन । यस्ता थुप्रै उधारण हामीसंग छन । तिनलाई पनि बिचार गरौं ।

अभ्यासले मानिसलाई पारङ्गत बनाउँछ भन्ने भनाई तपाई हामीलाई थाहा छ । हरेक तथ्य पढेपछी त्यसलाई अभ्यास गर्नु पर्दछ । निरन्तर अभ्यास गर्नाले हामीमा उक्त बिषय बस्तु प्रति रुचि बढ्न थाल्छ । पढाइमा रुचिबढ्नु एक बिद्यार्थीका लागि खुशीको कुरा हो । त्यसैले कहिल्यैपनि पढ्न लेख्न अल्छी गर्नु हुनैन । रुचिलाई बानीमा परिणत गर्न सक्यो भने हामी वास्तवमा सफल बिद्यार्थी हुन्छौं ।

संकलप गरों :

के पढ्ने, भविष्यमा के हुने वा बन्ने ? भन्ने संकल्प हरेक बिद्यार्थीले गर्नु पर्दछ । संकल्प नभएको बिद्यार्थी गन्तब्य बिनाको यात्री जस्तै हो । किनभने भविष्यमा के बन्ने भनेर पढ्छौं भने हामी त्यहीं सम्म पुग्छौ वा नपुगेपनि त्यसको नजिक सम्म पुग्छौं । अन्यथा के पढ्ने ? के बन्ने वा हुने? बाटो नै अन्यौलमा पर्दछ । अधिकांश बिद्यार्थीले पढ्दा–पढ्दै बीचैमा पढाइ छाड्छन यसैको कारण हुन सकछ । त्यसैले संकल्प गरौं म यहाँ सम्म पुग्छु भनेर र अनि आफ्नो यात्रा तय गरौं ।

संकल्प र उद्देश्य उस्तै उस्तै हो । संकल्प पुरा गर्नकालागि प्रभावकारी योजनाको आवश्यक्ता पर्दछ । योजना कार्यन्वयन गर्न पनि संकल्प नै चाहिन्छ । निरन्तरता अर्को महत्वपूर्ण कार्य हो । आफ्नो संकलप पुरा नहुन्जेल निरनतर त्यही काममा लागिरहनु पर्दछ ।

थोमस अल्बा अडिसनले बिजुलकिो बलव आविस्कारका क्रममा हजारौं पटक असफल भए पनि त्यो संकल्प छोड्नु भएन र अन्तःमा सफल भएरै छाड्नु भयो । एउटै तारबाट धेरै बल्व बाल्नसकिने उक्त बल्व त्यतिबेलाको अद्भुत आविस्कार थियो ।

आखिर संकलप गरेर काम गरे सफल भईदोरहेछ । त्यसकारण हामी पनि कक्षामा प्रथम हुनेसंकल्प राखेर पढ्न थाल्यौं भने हामी पनि प्रथम हुन सक्छौं । त्यस्तै बिद्यालय प्रथम हुने वा कलेज प्रथम हुने वा विश्व बिद्यालय प्रथमहुने संकलप राखेर पढ्यौं भने त्याहाँ पनि हामी प्रथम हुन्छौं । वास्तवमा प्रथम हुँदाको मज्जा वेग्लै हुन्छ ।

हाम्रो बिद्यार्थी भाइ–बहिनीहरुमा संकल्प गर्ने वा उद्देश बनाएर पढ्ने बानी कम पाईन्छ । जस्ले शिक्षाको मर्म बुझेको छ उस्ले संकलप वा उद्देश्य बनाएको हुन्छ । औशत बिदार्थीहरुले बिना उद्देश्य पढ्नकालागि पढ्ने गरेको पाईन्छ ।

तुलना गरेर पढौं :

अरु सफल बिद्यार्थीहरुले कसरी पढ्छन् त्यसको अध्ययन पनि गर्ने गरौं । यसले अरु अब्बल बिद्यार्थीहरुले कसरी पढ्छन भन्नेकुरा थाहा हुन्छ । थाहा पाउनु, जानकारी पाउनु महत्वपूर्ण हुन्छ । त्यस्तै अन्य विश्वका विकसित देशहरु, अन्य विकासन्मुख देशहरु र मध्ययम विकसित देशहरुमा कसरी पढाई हुन्छ ?

जस्तैः अमेरिका, युरोप, बेलायत र अन्य अफ्रिकी देशहरुमा कसरी पढाइ हुन्छ ? अहिले यि सबै कुरा अध्ययन गर्न ईन्टरनेटका माध्ययमले सजिलो छ । ईन्टरनेटको सही सदुपयोग गर्नु राम्रो हुन्छ । डाटा लिएर वा घरको वा बिद्यालयको ईन्टरनेट प्रयोग गर्दा यि उल्लेखित कार्यक्रम खोजेर पढौं र त्यस्ता जानकारीहरुलाई साथीहरुसंग शेयर पनि गरौं । ताकि फेसबुक, भाईवर, वाट्सअपमा मात्र व्यस्त हुनुले ईन्टरनेटको सहि उपयोग भएको मानिदैन । धन्यवाद!