देशभर थप ४ संक्रमितको मृत्यु हुदाँ ३४८ संक्रमित थपिए


देशभर थप ४ संक्रमितको मृत्यु हुदाँ ३४८ संक्रमित थपिए

नेपालगन्ज : देशभर थप ३ सय ४८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ४८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर कुल संक्रमितको संख्या २ लाख ७ हजार ९९२ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४ हजार ९ सय ५६ जनाको पीसिआर परीक्षण गर्दा ३ सय ४८ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा कुल ३ हजार ७६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर पीसिआर परीक्षण गर्नेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ । भने मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ६९ पुगेको छ । हाल देशभर एक सय ९० जना क्वारेन्टिनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि, देशभर हाल एक सय ९६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । भने एक सय ६१ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना आइसियु रहेका छन् । भने प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यसैगरि प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ७० जना आइसियु र २३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५३ जना आइसियु र ८ जना भेन्टिलेटरमा तथा लुम्बिनी प्रदेशमा ३१ जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा एक जना आइसियुमा उपचाररत रहेकोमा भेन्टिलेटरमा कुनैपनि संक्रमित रहेका छैनन् । भने सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।