मसुरिया एकेडेमी फाइनलमा प्रवेश


मसुरिया एकेडेमी फाइनलमा प्रवेश

नेपालगन्ज : मसुरिया एकेडेमी कैलालीले भारतीय टिम सहारा एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बाँकेमा सञ्चालन भइरहेको स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा नेपाली टिम मसुरियाले भारतीय टिम सहारालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको छ ।
जयकिसान स्पोटर््स क्लबले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलमा खेलभर मसुरिया र सहाराबीच १–१ गोलको बराबरी रह्यो । खेलमा सहाराका खेलाडी समुअल राजले ३७ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
निकैनै प्रतिस्प्रधात्मक भएको खेलको दोस्रो हाफको १३ मिनेटमा मसुरियाका खेलाडी चेतन कठायतले जवाफी एक गोल गरेर खेललाई बराबरी बनाएका थिए ।
मसुरियाले दोस्रो हाफमा गरेको एक गोलसंगै खेल बराबरीमा टुगिंएको थियो । बराबरीमा रहेको खेलको हारजितका लागि भएको टाइब्रेकरमा भने मसुरियाका दिवस बोहोरा, चेतन कठायतत, हेमन्त क्षेत्री, ओमप्रकास चौधरी र विष्णु चौधरीले गोल गरे ।
टाईब्रेकरमा जित निकाल्न भन्दै भारतीय टिम सहाराका तर्फबाट समुअल राज, कमल थापा, जाभेद खानले गोल गरे भने सन्जय सिंहको बल प्रहारलाई सहाराका गोलकिपरले छेक्न सफल भएका थिए ।
मसुरियाले फाइनलमा कपका लागि बुधबार हुने दोस्रो सेमिफाइनको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ र एफएफएसए दाङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ ।
खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital