प्रशासनद्वारा रुकुम पश्चिममा निषेधाज्ञा जारी


प्रशासनद्वारा रुकुम पश्चिममा निषेधाज्ञा जारी

नेपालगन्ज : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा कार्यकताबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा निषेधाज्ञा जारी गरेकोछ ।

रुकुम पश्चिममा मंगलबार नेपाली काँग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएर तनावग्रस्त स्थिति उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमले साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसका साथै अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्यावसाय विहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न दिइने बताइएको छ ।