नेपालमा बिहीबार कोरोनाविरुद्धको १ लाख डोज खोप ल्याइदैं


नेपालमा बिहीबार कोरोनाविरुद्धको १ लाख डोज खोप ल्याइदैं

नेपालगन्ज : नेपालमा कोरोना भाइरसविरुद्ध खोप बिहीबार ल्याइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो । भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याइने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका अनुसार पहिलो चरणमा एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारको तयारी रहेको छ ।