कोरोनाविरुद्ध खोप माघ १४ गतेदेखि लगाइने, एक महिनापछि दोस्रो डोज लगाउने मन्त्रालयको निर्णय


कोरोनाविरुद्ध खोप माघ १४ गतेदेखि लगाइने, एक महिनापछि दोस्रो डोज लगाउने मन्त्रालयको निर्णय

नेपालगन्ज ११ माघ : कोरोना भाइरस विरुद्धको खोप आगामी माघ १४ गते बुधबारबाट लगाउने सरकारले तयारी गरेकोछ । स्वास्थ्य मन्त्रालयमा आयोजित सातै प्रदेशका मुख्यमन्त्री सम्मलित छलफलमा यस्तो निर्णय भएको हो ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघ १४ गते खोप अभियानको सुभारम्भ गर्ने भएका छन् । बिहान १० बजे भर्चुअल रुपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ ।

सात वटै प्रदेशमा एकै दिन खोप अभियान सुरु गर्ने सरकारको तयारी गरेकोछ । मन्त्रालयले आईतबार (आज)देखि सात वटै प्रदेशमा खोप पठाउन समेत सुरु गरेको छ । आज बिहान गण्डकी प्रदेशका लागि खोप पोखराका लागि हिडेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा पनि आजै खोप पठाउने सरकारको तयारी छ ।

सातै प्रदेशका मुख्यमन्त्री सम्मलित उक्त छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले मुख्यमन्त्रीहरूलाई कुनै समस्या भए १४ गते अगाडि नै समाधान गर्न निर्देशन समेत दिएका छन् । उनको निर्देशनपछि मुख्यमन्त्रीहरूले आफूहरू खोपको लागि तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, सरकारले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने तयारी गरेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको हो ।

यसअघि मन्त्रालयले खोपको व्यवस्थापनका लागि सात वटै प्रदेशमा संयोजक तोकेको थियो । भारत सरकारले नेपाललाई बिहीबार अनुदान सहयोग स्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।

यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भएकाले प्राविधिक सुरक्षाका लागि नेपालमा सहज रहेको समेत बताइएको छ । कोरोना खोप एक जनालाई दुई डोज लगाउनुपर्ने हुन्छ । साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने समेत बताइएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएका व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ ।

यता कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत–वैशाखसम्म आइपुग्ने बताइएको छ । यसरी हेर्दा ४ हप्ता भित्र खोप लगाएका ब्यक्ति पुनः अर्को डोज लगाउन पाउने छैनन् । अर्थात राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको समय अवधिभित्र अर्को डोज पाउन सकिने छैन । गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको मन्त्रालयले बताएको छ ।

यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ ।