नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो


नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

नेपालगन्ज ११ माघ : कोरोना भाइर संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय १३ जनाको पीसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । भने हाल १ सय ४५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै, देशभर हाल १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । १ सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा ४६ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेका छन् । गण्डकी प्रदेशमा ६७ जना आइसियु र ६ जना भेन्टिलेटरमा रहदाँ लुम्बिनी प्रदेशमा २२ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने यहा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । भने सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ ।