कोरोनाविरुद्धको खोप अभियान शुरुः भेरीका मेसु डाक्टर थापाले लगाए पहिलो डोज


कोरोनाविरुद्धको खोप अभियान शुरुः भेरीका मेसु डाक्टर थापाले लगाए पहिलो डोज

नेपालगन्ज १४ माघ: नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर शुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान शुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरिएको हो । अनुदानमा उपलब्ध यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । माघ ९ गते नेपाल आएको १० लाख डोज सरकारले सातै प्रदेशमार्फत सम्बन्धित जिल्लामा समेत पु¥याएको थियो ।

यसैबीच, बाँकेमा पनि कोभिड विरुद्धको खोप अभियान शुरु भएकोछ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर प्रकाश थापाले कोरोना विरुद्धको पहिलो खोप लगाउँदै बाँके जिल्लामा खोपको शुभराम्भ भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा आयोजित खोप शुभराम्भ कार्यक्रममा भेरी अस्पतालका डाक्टर थापाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

पहिलो चरणमा बुधवार भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने छ । यतिबेला खोप अभियान जारी रहेको अस्पतालमा पहिलो चरण अन्र्तगत भेरी अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई खोप दिने कार्य जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक धिरजंग शाहले जानकारी दिए । उनले खोप अभियान विहान १० बजेबाट शुरु भएको बताए ।

बाँकेमा कोरोना विरुद्धका खोप १७ हजार मात्रा आएको उनले बताए । आएको खोपले आठ हजारलाई पुग्ने उनको भनाई छ । १०–१५ प्रतिशत खोप खेर जान उनले बताए । ‘एक मात्रा खोप दुई पटक लगाउनु पर्ने भएकोले पहिलो चरणमा आठ हजार र दोस्रो चरणमा आठ हजारलाई लगाउनु पर्ने हुन्छ,’ उनले भने ।

उनका अनुसार, पहिलो चरणमा अग्रपंतीमा खटिने स्वास्थ्य कार्यालयका कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वंयसेविका र शव ब्यवस्थापनमा खटिने नेपाली सेनालाई खोप दिइने भएको छ ।

उनले भेरी अस्पताललाई खोप केन्द्र तोकिएको बताए । खोप लगाउनका लागि पालिकाका लागि फरक–फरक समय छुट्याइएको बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहले जानकारी दिए ।

‘पालिकामा कार्यरत स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकले तोकिएको समयमा भेरी अस्पतालमा आएर खोप लगाउनु पर्ने छ,’ उनले भने, जो जो आउँछ लगाउन पाउने छ,’ उनले भने । नआउनेलाई आउनु करकाप नगरिने उनले स्पष्ट पारे । खोप अभियान सञ्चालनका लागि खोप कार्यकर्तालाई तालिम दिइएको उनले बताए ।