तरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण


तरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण

नेपालगन्ज १७ माघ : नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाकेका अध्यक्ष कुलबहादुर केसीमाथी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्ष समेत रहेका ‘समीर’ भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दीप विस्ट, सुनिल परियार, दीलिप डाँगी, ऋषिराज देवकोटा सहित ८/९ जनाको समुहले आक्रमण गरेको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती पौने ११ बजेतिर आफुमाथी आक्रमण भएको केसीले बताएका छन् ।

आफुमाथी एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ ।

आक्रमणमा सम्लग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्तीसोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ ।

अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक–पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समीरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीनरचार वटा मुद्दा दर्ता भैसकेका छन् । घाईते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।