वडाअध्यक्षले गरे महिलामाथि हातपात


वडाअध्यक्षले गरे महिलामाथि हातपात

नेपालगन्ज: वडा अध्यक्षले महिलामाथी हातपात गरेकाछन् । जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले महिलामाथी हातपात गरेको खुल्न आएकोछ ।

उनले वडा नम्बर २ बेलभार निवासी सकुन्तला दर्जीलाई तीन दिनअघि हातपात गरेको घटना सार्वजनिक भएको हो । गाउँमा भएको सामान्य विषयमा वडाअध्यक्ष गुप्ताले गुण्डागर्दी शैलीमा महिलामाथी हातपात गरेका थिए । महिलाले आफु वडाअध्यक्षबाटै अन्यायमा परेको भन्दै प्रहरीमा उजुरी गरेपछि घटना बाहिरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बाँके मातहत महिला तथा बालबालिका सेलले वडाअध्यक्ष गुप्ता र पीडित दर्जीबीचको विवाद मिलाईसकेको बताएको छ । वडाअध्यक्ष गुप्ताले दवाव दिएर उनलाई मिलापत्र गर्न बाध्य पारेको पीडितले गुनासो गरेकी छन् । महिला सेलमा वडाअध्यक्ष गुप्ताले आफ्नो गल्ती स्वीकार गर्दै दुबै हात जोडेर माफी मागेको नेपाल तरुण दल क्षेत्र नम्बर ३ का कार्यबाहक अध्यक्ष रामचन्द्र गुप्ताले जानकारी दिए । वडाअध्यक्ष गुप्ता स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादीबाट निर्वाचित भएका थिए ।