रोकिराखेको माइक्रोबस ब्याक हुदाँ एकको मृत्यु


रोकिराखेको माइक्रोबस ब्याक हुदाँ एकको मृत्यु

डडेल्धुरा: रोकिराखेको माईक्रोबस अचानक ब्याक भएर दुर्घटना हुदाँ एक जनाको उपचारको क्रममा मृत्यु भएकोछ । दुर्घटनामा घाईते गणेश साउदको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गुयलखेतमा माइक्रोबस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मृत्यु हुने २६ वर्षीय साउद डोटीको सायल गाउँपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रोबस आज सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा थप नौ जना घाइते भएका छन् । जसमध्ये डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालक विनय बोहरा र गाडीधनी देव सिंहभाटलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

यात्रु चढाउनका लागि रोकि राखेको अवस्थामा माइक्रोबस अचानक ‘ब्याक’ हुदाँ गाडी सडक भन्दा ३५ मिटर तल झाडीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेकोछ । डडेल्धुराको केआई सिंह राजमार्ग अन्र्तगत उक्त दुर्घटना भएको हो ।