नेपालले युएईसँग ३ एकदिवसिय र ३ टी-२० खेल्ने भएको छ। आगामी माघ ११ गतेबाट हुने अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ २० गतेसम्म युएईमै हुने ‘लगभग’ तय भएको छ।
नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। यस्तै ३१ जनवरीदेखि ३ फेब्रुअरीसम्म ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।
नेपालले एकदिवसीय मान्यता पाएपछि दोस्रो विदेशी सिरीज खेल्न लागेको हो। प्रस्तावित मितिलाई आईसीसीले मान्यता दिन बाँकी छ।
नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
यसअघि नेपालले नेदरल्याण्डविरूद्द २ वटा एकदिवसीय श्रृखंला खेलेका थियो। जसमा एक जित र एक हार ब्यहोरेको थियो।
खेल तालिका :
- माघ ११ – शुक्रबार – पहिलो ओडीआई
- माघ १२ – शनिबार – दोस्रो ओडीआई
- माघ १४ – सोमबार – तेस्रो ओडीआई
- माघ १७ – बिहीबार – पहिलो टि-२०आई
- माघ १८– शुक्रबार – दोस्रो टि-२०आई
- माघ २० – आइतबार – तेस्रो टि-२०आई