मोटरसाईकल चोर्ने ठूलो गिरोह समात्यो बाँके प्रहरीले

नेपालगन्जमा चोरी, पहाडी जिल्लामा पैठारी


मोटरसाईकल चोर्ने ठूलो गिरोह समात्यो बाँके प्रहरीले

नेपालगन्ज २८ माघ : पछिल्लो समयमा बाँके जिल्लाका बिभिन्न स्थानबाट मोटरसाईकल चोरी हुन थालेपछि बाँके प्रहरीले मोटरसाईकल चोरको गिरोह समात्न भन्दै विशेष प्रहरी टोली परिचालन ग¥यो ।

विशेषगरि नेपालगन्जमा रहेका यातायात कार्यालय अगाडी, मालपोत कार्यालय अगाडी, भेरी अस्पताल अगाडी, नर्सिङ होम अगाडी लगायतका क्षेत्रबाट धमाधम मोटरसाईकल चोरी भएको घटना प्रहरीसामु आउँदा प्रहरीको टाउको दुखाई बन्यो ।

मोटरसाईकल चोरमाथि कडा निगरानी बढाएको बाँके प्रहरीले नेपालगन्जका पेशेवार चोरलाई समात्न सफल बनेकोछ । यसरी बाँकेका विभिन्न क्षेत्रबाट चोरि भएका मोटरसाईकल जिल्लाका विभिन्न ग्यारेज र शम्सेरगञ्ज तथा ढकेरीको जङ्गलमा लुकाएर राख्ने र त्यसको पार्टपुर्जा परिर्वतन गरि छिमेकी जिल्ला पैठारी भएको प्रहरीले सुराक पायो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने –‘मोटरसाईकल चोरमाथि निगरानी बढाउँदै जाँदा चोरको गिरोहलाई नै समात्न सफल भएका छौं ।’ उनले अगाडी थपे–‘नेपालगन्ज र आसपासका क्षेत्रबाट चोरी भएका मोटरसाईकल दाङ, भालुवाङ्ग, प्यूठान, रोल्पा, जाजरकोट लगायतका पहाडी जिल्लामा पैठारी हुने गरेको पाइयो ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले भने–‘चोरी भएको मोटरसाईकल र चोरको पहिचान गर्दै जाँदा ६ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गर्न सफल भएका छौं ।’ प्रहरीले पक्राउ गरेको चोर गिरोहमा मोटरसाईकल बनाउने मिस्त्रि, किराना पसल सञ्चालन गरेका ब्यक्ति तथा बैदेशिक रोजगारीबाट फर्केका ब्यक्ति संलग्न रहेको पाइएकोछ ।

प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरी निवासी ३५ वर्षिय राम बहादुर थापालाई नेपालगन्जको धम्बोझीबाट, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ११ कालिखोली घर भएका हाल नेपालगन्ज ४ बसपार्कमा किराना पसल सञ्चालन गरिरहेका ३१ वर्षिय धिरेन्द्रविक्रम शाहीलाई नेपालगन्ज १ बाट, दाङ गढवा गाउँपालिका वडा नम्बर ४ खड्कपुर निवासी २८ वर्षिय समिर भनिने ईरसाद अहमद मसलमानलाई प्यूठानको दरभानबाट, रोल्पा लुग्री गाउँपालिका वडा नम्बर १ पाङ निवासी जिप/कार भाडामा चलाउने चालक २८ वर्षिय छविलाल पुनमगरलाई दाङ भालुवाङबाट, रोल्पा लुग्री गाउँपालिका वडा नम्बर ५ गम्चाल बस्ने बैदेशिक रोजगारबाट फर्केका २४ वर्षिय नवराज कोरा क्षेत्रीलाई दाङ भालुवाङबाट र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० सुगन्धटोल बस्ने मोटरसाईकल मिस्त्री समेत रहेका २८ वर्षिय रञ्जित शर्मालाई प्युठान चेरनेटाबाट पक्राउ गर्न सफल भएको हो ।

मोटरसाईकल चोरको गिरोहलाई विभिन्न क्षेत्रबाट बाँके प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा मोटरसाईकल चोरीमा संलग्न अन्य समेत एकपछि अर्को गरि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार पत्रकार सम्मेलन गरि चोर र चोरी गरिएका मोटरसाईकल समेत प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको अनुसन्धानबाट राम बहादुर थापाले विगतमा भारतीय नागरिकसंग मिली चोरीका मोटरसाईकल आफुले खरिद गर्ने र खरिद मूल्यमा नाफा खाई अन्य व्यक्तिलाई बेच्ने गरेको पाइएको छ ।

यस्तै कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दीका कारण भारतीय चोर गिरोहसंग सम्पर्क छुटेपछी धिरेन्द्र विक्रम शाहीलाई साथी बनाई चोरीका मोटरसाईकल बेच्ने र चोर्ने कार्य भएको प्रहरी अनुसन्धानबाट खुलेकोछ ।

यी दुई चोर राम बहादुर थापा र धिरेन्द्र विक्रम शाहीले बाँके जिल्लाको बिभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेकोछ । उनीहरुले ‘मास्टर की’ को सहयोगमा पार्क गरि राखिएको मोटरसाइकल ईन्जिन खोलि, ह्याण्डल तोडी आफ्नै मोटरसाईकल सरह चलाए ग्यारेज तथा जंगलमा लुकाउने गरेका थिए ।

मोटरसाईकल चोर्न उनीहरुले आफ्नै एभेन्जर मोटरसाईकलमा दिनभर डुल्ने र मौका पाउने वित्तिकै मोटरसाईकल चोरेर लाने गरेको प्रहरी उपरीक्षक रानाले बताए ।

पक्राउ परेकाले यी स्थानबाट चोरी गरेका थिए मोटरसाईकल
नेपालगन्ज मापलोत कार्यालय अगाडी बाट २२० सिसिको रातो कालो पल्सर मोटरसाईकल ।
कोरियनपुरबाट १५० सिसि पल्सर मोटरसाईकल ।
रोयल बाँके होटल भित्र गल्ली बाट १५० सिसि मोटरसाईकल ।
बाँके गाँउबाट डिस्कभर निलो कालो मोटरसाईकल ।
बाँके गाँउबाट २२० सिसि पल्सर मोटरसाईकल ।
हवल्दारपुरबाट २२० सिसि रातो कालो पल्सर मोटरसाइकल ।
बर्दिया मानखोलाबाट १५० सिसि पल्सर मोटरसाईकल ।
कोहलपुर दश विगाहबाट १५० सिसि पल्सर मोटरसाईकल ।
कोहलपुर एनटिभी रोडबाट २२० सिसि पल्सर माटेरसाईकल ।
बर्दियाबाट २२० सिसि पल्सर मोटरसाईकल ।
नेपालगन्ज कारकाँदोबाट एनएस २०० सिसिको मोटरसाइकल ।

यसरी चोरी गर्थे

चोरी गर्न जाँदा राम बहादुर थापा र धिरेन्द्र विक्रम शाही राम बहादुर थापाको बा ३६ प ५९४ नम्बरको एभेन्जर मोटरसाईकलमा संगै जाने थर्दथे । उनीहरुले भिडभाड भएको मोटरसाईकल पार्किङ भएमा राम बहादुर थापाले मोटरसाईकलको तार काटी डाईरक्ट स्टार्ट हुने बनाई आफुले चलाई लिने र राम बहादुर थापाको मोटरसाईकल धिरेन्द्र विक्रम शाहीले चलाउदै अघीपछी हुदै कहिले ढकेरी, कहिले शम्शेरगंजको जंगलमा चोरी गरेको मोटरसाईकल लुकाएर घर फर्किन्थे ।

चोरी गरेका मोटरसाईकल दाङ गढवा घर भई प्युठान दरभानमा मोटरसाईकल वर्कसप सञ्चालन गरि बस्ने समिर भन्ने ईरसाद अहदमद मुसलमान र बाँके घर भई प्युठान चेरनेटामा वर्कसप सञ्चालन गरि बस्ने रंजित शर्माको वर्कसपमा पु¥याउथे । उनीहरुको वर्कसपमा आएको चोरिको मोटरसाईकललाई समिर भन्ने ईरसाद अहमद मुसलमान र रंजित शर्माले चोरीको मोटरसाईक नम्बर प्लेट, ईन्जिन नम्बर, चेसिस नम्बर समेत बदली गरि मोटरसाईकल बेच्न तयारी अवस्थामा राख्दथे ।

यसरी तयार भएको मोटरसाईकल उनीहरुको गिरोहका छविलाल पुन र नवराज रोका क्षेत्रीले चोरीको मोटरसाईकल खरिद गरि अन्य व्यक्तिहरुलाई चोरीको मोटरसाईकल खरिद विक्री गर्ने लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेकोछ ।

प्रहरीका अनुसार यसरी चोरीका मोटरसाईकल रोल्पा, प्युठान, दाङ र जाजरकोटका पहाडी भेगमा बिक्री गरि मोटो रकम कमाउ धन्दामा लागेका थिए ।

चोरी भएका तर, प्रहरीले बरामद गरेका मोटरसाईकलहरु

१.लु.३९.प.२८६६
२.रा.४.प. ४५५०
३.रा.५.प.६२३३
४.लु.४५.प.८९२८
५.रा.५.प.३२३
६.बा.३६.प.५९४

प्रहरी उपरीक्षक रानाका अनुसार पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहित ऐन २०७४ को चोरी सम्बन्धी कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद वा ३० हजार सम्म जरिवाना हुने बताए । उनले मोटरसाईकल चोरीको गिरोह नै हात परेका भन्दै अन्य चोर र चोरीका मोटरसाईकल केही दिनमै नियन्त्रणमा लिने बताए ।