कोरोना भाइरस विरुद्धको खोप अभियान

बाँकेका पत्रकारमै देखिएन खोपप्रति उत्साह, पहिलो दिन मात्र ३३ जनाले लगाए

खोप लगाउने वातावरण बनाउन महासंघलाई आग्रह


बाँकेका पत्रकारमै देखिएन खोपप्रति उत्साह, पहिलो दिन मात्र ३३ जनाले लगाए

नेपालगन्ज २ फागुन : सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि कोरोना विरुद्धको खोप अभियान शुरु गरेको छ । आईतबारदेखि पहिलो चरणको दोस्रो खोप अभियान शुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि यो खोप अभियान फागुन ८ गतेसम्म चल्ने छ ।

सोही अभियान अन्र्तगत बाँकेमा पनि आईतबारदेखि दुई वटा खोप केन्द्रहरुबाट खोप लगाउन शुरु गरिएको छ । तर, कोरोना भाइरस विरुद्धको खोप अभियानमा बाँकेका पत्रकारमै उत्साह देखिएको छैन ।

कोरोना भाइरस विरुद्धको अभियानमा फ्रन्टलाईनमै रहेर समाचार संकलन तथा सम्प्रेषण गर्दै आएका बाँकेका पत्रकारमा खोपप्रतिको मोह उच्च रहेता पनि आईतबार बाँकेका थोरै पत्रकारले खोप लगाएको पाइएकोछ ।

भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बाँकेमा जारी खोप अभियानमा आईतबार पहिलो दिन ३३ जनाले मात्र खोप लगाएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार खोप अभियानमा उत्साहजनक अन्य ब्यक्तिको उपस्थिती भएपनि पत्रकारको संख्या सोँचेको भन्दा कम पाइएको बताए ।

सरकारले पहिलो चरणको खोप कार्यक्रम सकिए पनि प्राथमिकतामा परेका व्यक्ति अन्तर्गत अहिले सञ्चारकर्मीलाई खोप लगाइरहेको छ । पहिलो चरणमा १ लाख ८४ हजार ८ सय ५७ ले खोप लगाएका थिए । बाँकेमा पहिलो चरण अन्र्तगत ५ हजारले खोप लगाउने अपेक्षा गरिएको थियो यद्यपी ४ हजार ९ सय ६७ जनाले खोप लगाएको फोकल पर्शन ओलीले बताए ।

जिल्लामा क्रियाशील २ सय ८० जना पत्रकारलाई कोरोना खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेले तयारी गरेको छ । तर, नेपालगन्ज र कोहलपुरको खोप केन्द्रबाट आईतबार ३३ जनाले मात्र खोप लगाए ।

केन्द्रका अनुसार आईतबार २७ जना जनप्रतिनिधी, १२१ जना स्थानीय तहका कर्मचारी, ५२ जना निजामती कर्मचारी, २४ जना प्रहरी, ५९ जना सशस्त्र प्रहरी, बैक तथा वित्तिय संस्थाका ४२ जनाकर्मचारी, प्राधिकरण तथा संस्थाका कर्मचारी ८ जना न्याय सेवा समुहका कर्मचारी १ जना तथा पत्रकार ३३ जना गरि जम्मा ४१९ जनाले खोप लगाएकाछन् ।

कोरोना विरुद्धको खोप अभियानमा पहिलो दिननै थोरै पत्रकारले खोप लगाएकोमा निरपेक्ष भएर यो नै हो भन्न नसकिने नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले बताउँछन्।

उनले भने –‘खोपप्रति उत्साहित साथीहरुले लगाउनुपर्छ भन्ने मान्यताकै कारण पहिलो दिन म गएन । जसले आफुलाई जोखिमको अनुभव गर्नुभएको छ ती साथीहरुले खोप लगाउनुपर्छ ।’

‘खोप अभियान चलिरहँदा पत्रकार नै खोप लगाउन उत्सुक नदेखिएको विषय बुझ्नु जरुरी छ । यदि पत्रकारमा खोप प्रति केही कन्फुजन छ भने त्यो चिर्नु पर्छ । जसले सचेतना दिनुपर्ने हो वहाँहरुनै खोपप्रति उत्साहित नहुदाँ के कारण ले भयो भनेर खोजी गर्नुपर्छ ।’ पूर्वअध्यक्ष गैरेले भने ।

यता नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले कोरोना भाइरस विरुद्धको अभियानमा अन्य पेशा जस्तै फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारलाई कोरोना खोप अनिवार्य थियो । सोही अनुसार अहिले पत्रकारलाई खोप लगाइदै । यो सह्रानिय कार्य हो ।

कोरोना विरुद्धको खोपकै लगाइरहदाँ पहिलो दिन नै बाँकेका पत्रकारमा उत्साह देखिएन । यो विचारणीय कुरा छ । अध्यक्ष ओलीले भने–‘केहीको ब्यस्तता वा केहीले अर्को दिन लगाउने योजना बनाउनुभएको हुनसक्छ । तर, खोप प्रति पत्रकारमै उत्साह नदेखिएपछि खोप लगाउने वातावरण महासंघले बनाइनुपर्छ ।’

अध्यक्ष ओलीले भने –‘कोरोना महामारीमा फ्रन्टलाईनमै रहेर काम गर्दैगर्दा केही साथीहरु पनि पोजेटिभ भए । निको पनि भए । यतिबेला चलेको खोप अभियानमा पत्रकारले ढुक्कसंग खोप लगाउनुपर्छ । कहीकतै बुझाईमा समस्या भए चिर्नुपर्छ ।’ नेपाल पत्रकार महासंघ बाँकेले खोप अभियानमा भूमिका खेली खोप लगाउने वातावरण तयार पार्न अध्यक्ष ओलीले सुझाव दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिडविरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई लगाइयो । सबै १० लाख डोज खोप १० दिनभित्र साढे ४ लाख फ्रन्टलाइनरलाई लगाउने भनिए पनि अहिलेसम्म खोप लगाउनेको संख्या करिब २ लाख मात्रै पुगेको छ । पहिलो चरणको खोप अभियान माघ १४ गते देखि थालिएको थियो ।

यसपटकको खोप अभियानमा सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, राजधानीभन्दा बाहिरका पत्रकार लगायतले यो अभियान अन्तर्गत खोप लगाउन पाउने छन् ।

त्यस्तै पहिलो प्राथमिकतामा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविकाहरू, एम्बुलेन्स चालक, सहचालक र शव वाहन चालकहरूलाई पनि यो अभियानमा खोप दिइने जनाइएको छ ।

बाँकेमा दोस्रो चरणमा जम्मा ५ हजार ५ सय ८६ जनालाई खोप लगाउने लक्ष्य छ । माघ १४ देखि २४ गतेसम्म चलेको पहिलो चरणमा बाँकेमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो खोप लगाएको फेरि २८ दिनपछि अर्को खोप लगाउनुपर्दछ ।