दोहोरो सुविधा लिदैँ जनप्रतिनिधी, बेखबर गाउँपालिका


दोहोरो सुविधा लिदैँ जनप्रतिनिधी, बेखबर गाउँपालिका

बर्दिया ४ फागुन : बर्दियामा जनप्रतिनिधीले दोहोरो सुविधा लिएको रहस्य बाहिरिएको छ । बढैयाताल गाउँपालिका, बर्दियाका तीन जना जनप्रतिनिधीले दोहोरो सुविधा लिएका हुन् । गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका कमला गुरुङ, आरती भट्टराई र चन्द्रा विकले दोहोरो सुविधा लिएको पाइएको हो ।

यी तिनै जना जननिर्वाचित हुन् । जसमध्ये २ जना कार्यपालिकाका सदस्य समेत रहेका छन् । तीनै जना सामुदायिक स्वास्थ्य स्वयसेविका पनि हुन । कार्यपालिकाको बैठक होस् वा पालिकाको अन्य कुनै बैठकमा भत्ता बुझ्दै आएका छन् । भने सामुदायिक स्वास्थ्य स्वंयसेविकाको रुपमा पनि पाउनु पर्ने सेवा सुविधा खुलेयाम लिइरहेका छन् ।

कमला गुरुङ वडा नम्बर ४ बाट बढैयाताल गाउँपालिकाको न्यायिक समितिका सदस्य हुन् । आरती भट्टराई वडा नम्बर– ७ र चन्द्रा विक वडा नम्बर–३ बाट निर्वाचित वडा सदस्य हुन् ।

कार्यपालिकाको सदस्य समेत रहेका तीनै जना गाउँपालिकामा हुने स्वास्थ्य गतिविधिसगैं स्वास्थ्य स्वयसेविकाले पाउने सेवा सुविधा लिइरहेको भएपनि गाउँपालिका भने बेखबर बनेकोछ । जनप्रतिनिधि हुनु पूर्व स्वास्थ्य स्वयसेविका रहेका तीनै जनाले आफु निर्वाचित भएपनि स्वास्थ्य स्वयमसेविकाबाट राजीनामा समेत दिएका छैनन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जनप्रतिनिधीले दोहोरो सुविधा लिएपछि यतिबेला बढैयाताल गाउँपालिका स्थानीयबासी आक्रोसित बनेकाछन् । स्थानीयका अनुसार यी तीनै जनाले दोहोरो सुविधा लिदा सम्म गाउँपालिकाले चासो नदेखाएको बताएका छन् ।

यता बढैया गाउँपालिकाकी उपाध्याक्ष दीपाकुमारी गौतमले निर्वाचनका बेला उनीहरुले राजिनामा दिएपनि स्वीकृती नभएको बताइन् ।

उनले भनिन्–निर्वाचनका बेला दिइएको राजिनामा स्वीकृत नभएकै कारण उनीहरुले दोहोरो सुविधा लिइरहेको स्वीकार गर्दै यस विषयमा चाडै निर्णय गर्दै दोहोरो सुविधा कटौति गर्ने बताईन् ।