'उपमहानगरपालिका र पत्रकार महासंघ मिलेर कार्यक्रम गरिएको हो'

पत्रकार महासंघ किर्ते हस्ताक्षर प्रकरणः


'उपमहानगरपालिका र पत्रकार महासंघ मिलेर कार्यक्रम गरिएको हो'

नेपालगन्ज: नेपाल पत्रकार महासंघ प्रदेश पाँचका प्रदेश सचिव समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मिलेर विविध कार्यक्रम गरेको बताएका छन् ।

प्रेस सल्लाहकार चौलागाईले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै आयोजक नेपाल पत्रकार महासंघ र उपमहानगरपालिकाबीचमा आफूले पूलको काम मात्र गरेको उल्लेख छ । उनले बिज्ञप्तीमार्फत महासंघले सडकमा गरेको पे्रस मिट र सञ्चारमाध्यममा आफनो नाम जोडेर सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले उपमहानगरपालिका र महासंघको सहकार्य र सहमतिमा पाँचवटा कार्यक्रम गरिएको उक्त बिज्ञप्तीमा उल्लेख गरेका छन् । उपमहानगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँगको सर सल्लाहमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई पाँच वटा कार्यक्रम आयोजना गर्ने जिम्मवारी दिइएको उक्त विज्ञप्तीमा उल्लेख छ ।

उपमहानगरपालिकाले पत्रकार र पत्रकारिता विकासका लागि गत वर्ष स्वीकृत गरेको सञ्चार पत्रकारिता विकास कार्यक्रम र स्थानीय रेडियो, एफएम, टेलिभिजन कार्यक्रम सञ्चालन/सहजीकरणका लागि प्रेस सल्लाहकारको हैसियतले आफूले जिम्मेवारी मात्र निर्वाह गरेको उनले बिज्ञप्तीमा उल्लेख गरेका छन् । पत्रकारिताको लामो यात्रामा भ्रष्टाचार र बेथिती विरुद्ध आवाज मात्र उठाइएन, सदैब स्वयं निष्कलंक रहने प्रयास गरियो तथापी अहिले आफैमाथिको उक्त समाचारले मर्माहत भएको उनले एक बिज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बिज्ञप्तीमा भनिएको छ: ‘उक्त कार्यक्रम गर्नको लागि शीर्षक र बजेट समेत छुट्याईएको थियो । सो कार्यक्रमको आयोजना, सहभागी उपस्थिती, हस्ताक्षर, प्रशिक्षक, बील, भर्पाइ, प्रतिवेदन लगायत आवश्यक सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघ बाँके शाखाको नै थियो ।’
पत्रकार महासंघ बाँके शाखाले पेश गरेको विवरण (बील, हस्ताक्षर) सहितको डकुमेन्टमा शाखाको छाप, जिम्मेवार पदाधिकारीको हस्ताक्षर (नाम) समेत उल्लेख छ ।

कार्यक्रममा सहभागीको हस्ताक्षर सम्बन्धमा यकिन गर्ने दायित्व कार्यक्रम संचालककै हुने भएपनि यसप्रति पत्रकार महासंघले विचार नपु¥याएको उक्त बिज्ञप्तीमा भनिएको छ । कार्यक्रम बापतको बजेट उपलव्ध गराइएकै थियो । पत्रकार महासंघले आयोजना गर्ने कार्यक्रमको लागि छुट्याइएको बजेट उपलब्ध गराउनु बाहेक पत्रकार महासंघ बाँकेले गरेको कार्यक्रममा आफनो कुनै भूमिका नभएको बिज्ञप्तीमा उनले उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश पाँचका प्रदेश सचिव समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले सार्वजनिक गरेको प्रेस विज्ञप्ती । सेतोखरी

काम गर्ने क्रममा भएका आफ्ना कमी कमजोरीलाई सच्याउदै अघि बढ्नु पर्नेमा जिम्मेवार पदमा बसेका पत्रकार मित्रहरुले गर्नु भएको क्रियाकलापले सिंगो संचारकर्मी माथी नै प्रश्नचिन्ह खडा गरेको उनको बुझाई छ । महासंघका पदाधिकारीको यस किसिमको कार्यले आमनागरिकको विश्वासमा कुठाराघात पुगेको मैले महशुस गरेको छु बिज्ञप्तीमा भनिएको छ ‘यस विषयमा थप अध्ययन र छानबिनको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

उपमहानगरपालिकाको बजेट खर्चेर महासंघले गरेका विविध कार्यक्रममध्ये केही कार्यक्रममा किर्ते हस्ताक्षर गरि महासंघका पदाधिकारीले आर्थिक चलखेल गरेको यसअघि नै खुलासा भईसकेको छ । उक्त बिषयमा नेपालगन्ज उपमहानगरपालिकामा गपचुप रहेपनि महासंघका पदाधिकारीले महासंघका पुर्वअध्यक्ष धमेन्द्र झा र वर्तमान बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल लगायत बाँकेका दर्जनबढी पत्रकारको नाममा समेत किर्ते हस्ताक्षर गरि रकम कुम्ल्याएको प्रमाण सद्भावसँग सुरक्षित रहेको छ ।

महासंघका केही जिम्मेवारी पदाधिकारीले महासंघको ग्रुप च्याट फेसबुकका माध्यमबाट उक्त किर्ते हस्ताक्षरका बारे गल्ती समेत स्वीकार्नुका साथै बील भरपाई मिलाएका यथेष्ट प्रमाण फेला परिसकेका छन् । यता महासंघका अध्यक्ष ठाकुरसिंह थारूले भने होली मिलन कार्यक्रममा उपमहानगरपालिका र महासंघको आर्थिक जिम्मेवारी प्रेस सल्लाहाकारको भएको बताएका छन् । उनले उक्त रकमबाट महासंघले कुनैपनि कार्यक्रम नगरेको जिकिर गरेका छन् ।

थप समाचार

उपमहानगरपालिका र पत्रकार महासंघबिरुद्ध अख्तियारमा उजुरी

अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील

पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरले रक्सीको नशामा लठ्ठीएर के–के बोले ?