बुधबार ९४ जना संक्रमित थपिए


बुधबार ९४ जना संक्रमित थपिए

नेपालगन्ज १२ फागुन : नेपालमा पछिल्लो समय थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ६ सय ९२ जनाको पीसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २, लतिलपुरमा १२ र काठमाडौंमा ३३ जना गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँग नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ भने हाल ६३ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा ७१ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ९८ दशमलब ७ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७० हजार १३९ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै, देशभर हाल ५५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र जना भेन्टिलेटरमा छन् । ४४ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ ।