नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा एक सिफ्टमा डेढसय जना पौडन मिल्ने


नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा एक सिफ्टमा डेढसय जना पौडन मिल्ने

नेपालगन्ज १२ फागुन : लामो प्रतिक्षपछि नेपालगन्ज रङ्गशालाभित्र रहेको पौडी पोखरी सञ्चालनमा आउन लागेकोछ ।

नेपालगन्ज रङ्गशालाभित्र रहेको उक्त पौडी पोखरी आगामी फागुन १४ गतेदेखि परीक्षण गर्ने र फागुन २५ गतेदेखि सर्वसाधरणका लागि खुला गरिने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिले जनाएकोछ ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार पौडी पोखरी सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको बताउँदै २५ फागुनदेखि सर्वसाधरणका लागि खुला गरिने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले फागुन २५ गते एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गर्ने तयारी रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघि उक्त पौडी पोखरी सञ्चानको तयारी भइरहेका बेला कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दीले स्थगित भएको थियो । पौडी पोखरी सञ्चालनका लागि आवश्यक कर्मचारी र सामग्री ब्यवस्थापन भइसकेको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।

यतिबेला पौडी पोखरीमा पानी भर्ने, सफा गर्ने र अवलोकनका लागि सिसि टिभी जडान भइसकेको छ । आपतकालिन उद्दार र अन्य सहयोगका लागि जनशक्ति तयारी अवस्थामा राखिएको खेलकुद विकास समितिले जानकारी दिएकोछ ।

समितिका कार्यालय प्रमुख चन्दका अनुसार पौडी पोखरीलाई तीन सिफ्टमा सञ्चालन गरिनेछ । विहान, दिउँसो र बेलुका गरि दिनमा तीन सिफ्ट सञ्चालन हुने पौडी पोखरीमा एक सिफ्टमा एक सय ५० जना एकैपटक पौडीन सक्ने क्षमता रहेकोछ ।

यस्तै समितिले महिलाका लागि विशेष ब्यवस्था गर्दै हप्तामा एक दिन (सोमवार) महिलाका लागि एक सिफ्ट छुट्याएको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।

उक्त पौडी पोखरीमा प्रत्येक दिन झण्डै पाँचसय जनालाई पौडी खेल्ने वातावरण मिलाउने योजना रहेको भन्दै चन्दले भने देशमै गर्मी हुने स्थान नेपालगन्जबासीलाई पौडी पोखरीले राहत दिने विश्वास गरिएकोछ ।