देशभर ११२ संक्रमित थपिँदा ८४ जना डिस्चार्ज


देशभर ११२ संक्रमित थपिँदा ८४ जना डिस्चार्ज

नेपालगन्ज १३ फागुन : नेपालमा थप एक सय १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ८ सय ८२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पीसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ ।

गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ७३ जना समावेश गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ । हाल ६६ जना क्वारेन्टिनमा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै पछिल्लो २४ घण्टामा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।