उपसभामुख थारुद्वारा राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद


उपसभामुख थारुद्वारा राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद

सांकेतिक तस्विर

नेपालगन्ज १३ फागुन : बर्दियाको राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरिद गरिएकोछ ।

राजापुर लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र हो । उपसभामुख थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरिद गरिएको हो ।

खरिद गरिएको उक्त एम्बुलेन्स राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई बजेट विनियोजन गरिएको थियो ।

एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयबासी उत्साहित भएका छन् । एम्बुलेन्स खरिदका लागि स्वास्थ्य चौकी र रेडक्रस उपशाखालाई १०/१० लाखका दरले बजेट विनियोजन गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा रहेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले जानकारी दिए ।