नेकपाका दुवै समूहसँग काँग्रेसले सहकार्य नगर्ने


नेकपाका दुवै समूहसँग काँग्रेसले सहकार्य नगर्ने

नेपालगन्ज १३ फागुन : नेपाली काँग्रेसले नेकपाका दुवै समुहसंग तत्काल सहकार्य नगर्ने निर्णय गरेकोछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानूनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतिनिधि सभा विघटनपछि सर्वसम्मत निर्णय गरेको काँग्रेस आन्दोलनको मैदानमा भने विभाजित अवस्थामा मतका आधार बाँडिएको थियो । संविधानको रक्षाका पक्षमा उभिने कि चुनावका पक्षमा भन्दै रुमल्लिएको काँग्रेसको विवाद सर्वोच्चको फैसलापछि विवाद मत्थर भएको छ ।

उचित समय र आवश्यकता भए पनि काँग्रेसले परिपक्व निर्णय गर्ने बुझिएकोछ ।