File Photo
नेपालगन्ज २१ फागुन : सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता नेपाल पुलिस क्लब र होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।
नेपालगन्जस्थित रंगशालाको कर्भड हलमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन पछि उनीहरुबचि प्रतिस्प्रधा हुदैँछ ।
साविक विजेता पुलिस न्यू डायमण्डलाई हराउदै उपाधि रक्षा अभियानमा उभिनेछ । पुलिसले गत संस्करणमा घरेलु भलिबलको चर्चित टोली नेपाल एपिएफ क्लबलाई हराउदै उपाधि जितेको थियो ।
यसअघि फागुन १ गते पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको विजेता समेत रहेको पुलिस उक्त प्रतियोगितामा डायमण्डसँग भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
उद्घाटन खेलमा पुलिसतर्फ कप्तान कोपिला उप्रेती, कमला पुन, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, कोपिला राना, पुनम चन्द र शान्तिकला तामाङको साथ रहेनछ ।
यता, सधैं कडा प्रतिस्प्रर्धा गर्दै आएको न्यू डायमण्ड पनि पुलिसलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा अघि बढेकोछ । पोखरामा सम्पन्न टाइगर कपमा लिगर चरणमा पुलिसलाई हराएको डायमण्ड सोही जितलाई निरन्तरता दिने दाउमा रहेकोछ ।
न्यू डायमण्डसँग प्रतिभा माली, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, कप्तान ललितानाथ, बालमिका आचार्य, पनामिका राई, झरना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, सलिना श्रेष्ठ, प्रगतिनाथ र प्रतिक्षा गुरुङको साथ रहेको छ । यसपटकको न्यू डायमण्डले उतारेको खेलाडीप्रति आम दर्शकमा उपाधी हात पार्ने आशामा रहेकाछन् ।
आयोजकका अनुसार आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र स्थानीय लुम्बिनी युनाइटेडबीच खेल हुनेछ । लुम्बिनी युनाइटेडको टिम पहिलोपटक शीर्ष खेलाडीसंग प्रतिस्प्रधा गर्दैछ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ ।
विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएकोछ ।
बाँकेले पहिलोपटक प्रधानमन्त्री पाएका बेला २०७० सालमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाका पालादेखि प्रधानमन्त्री भलिबल कपको शुरुवात गरिएको हो ।
हालसम्म प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस च्याम्पियन बनेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।
आयोजक बाँके जिल्ला भलिबल संघका अनुसार यसवर्ष विदेशी भलिबल टिमको सहभागिता हुन सकेको छैन । भारत र बङ्गलादेशका भलिबल टिमलाई बोलाइए पनि छैंठो र सातौंमा उनीहरुको सहभागिता हुन सकेकोछैन । कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकै बेला गतवर्षदेखि उनीहरुको सहभागिता हुन नसकेको आयोजकले जनाएकोछ ।