प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता २०७७

साविक विजेता पुलिस र आर्मीको विजयी सुरुवात


साविक विजेता पुलिस र आर्मीको विजयी सुरुवात

नेपालगन्ज २१ फागुन : छैठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेकाछन् ।

नेपालगन्जस्थि रङ्गशालाको कर्भड हलमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले लुम्बिनी युनाइटेडलाई हराउदै आफ्नो विजयी यात्रा शुरु गरेका हुन् ।

नेपाल पुलिस क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबले स्थानीय टोली लुम्बिनी युनाइटेड टिममाथि ३–० को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको छ ।

पहिलो खेल अन्र्तगत पुलिस क्लबले पहिलो, तेस्रो र पाँचौ सेटमा विजयी भएको थियो । जसमा पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भएको थियो । दोस्रो सेटमा उच्च प्रतिस्पर्धात्मक भएको थियो । रोमाञ्चक बनेको दोस्रो सेटमा कप्तान ललिता नाथले अन्तिम समयमा लगातार दुई अंक जोड्दै न्यू डायमण्डलाई २८–२६ को जित दिलाएकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

तेस्रो सेटमा पुलिसले सुरुवाती ६ अंकको अग्रता लिदैं ९–३ को अवस्थामा थियो । न्यू डायमण्डले राम्रो पूनरागमन गर्दै १३–१३ को बराबरी अवस्थामा पुर्याएको थियो । तर, १९–१९ को अवस्थाबाट पुलिसले लगातार ६ अंक जोड्दै २५–१९ को जित निकाल्न सफल भयो ।

चौथो सेट न्यू डायमण्डले २५–१७ ले सहजै जित्दै पाँचौं सेटमा पुर्याएको थियो । प्रतिभा मालीको प्रर्दशन उच्च थियो । निर्णायक पाँचौं सेट पुलिसले १५–८ ले जित्यो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच चुनिइन् ।

यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले स्थानीय टोली लुम्बिनी युनाइटेड टिममाथि ३–० को एकपक्षीय जित निकाल्दै विजयी यात्रा शुरु गरेकोछ ।

त्रिभुवन आर्मी क्लबले लुम्बिनीमाथि २५–८, २५–८ र २५–७ को सहज जित निकालेको थियो । यो जितसँगै आर्मीको ३ अंक पुगेको छ । आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच चुनिइन् ।

लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।

आयोजक बाँके भलिबल संघका अनुसार लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

लिगमा शनिबार तीन खेल हुनेछ । पहिलो खेल विहान ९ बजे लुम्बिनी युनाइटेड र नेपाल एपिएफ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ । यस्तै दिउँसो २ बजे त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्प्रर्धा हुनेछ । भने शनिबार बेलुका ४ बजे नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ ।