पिएम कप भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाल एपिएफ क्लब । तस्विर : विजय मल्ल सेतोखरी
नेपालगन्ज २५ फागुन : छैठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा हार ब्यहोरेको नेपाल एफिएफ क्लबले बदला लिदैं उपाधि जितेकोछ । नेपालगन्ज रङ्गशालाको कर्भड हलमा उपाधिका लागि भएको प्रतिस्प्रर्धामा नेपाल एपिएफले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको हो । योसंगै एपिएफ लिगमा शीर्षस्थानमा रहँदै चुम्न सफल भयो ।
शुरुवातदेखिनै आक्रमकरुपमा मैदानमा उत्रेको एपिएफका खेलाडीका अगाडी साविक विजेता नेपाल पुलिस क्लबले सोझो सेटमा हार ब्यहोर्नु प¥यो । सातौं चरणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा उपाधि दोहो¥याउने आँटका साथ कोर्टमा उत्रिएको पुलिस क्लब एपिएफका खेलाडिको आक्रमक प्रस्तुतीका अगाडी केही चलेन ।
निकै नै प्रतिस्प्रर्धात्मक र रोमाञ्चित भएको खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन । सुरुवाती देखिनै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समयमा चुक्न पुग्यो । पहिलो सेटमा एक समय १६–१६ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंकको अग्रता लिँदै २५–२२ ले जितेको थियो ।
निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले २५–२१ ले जित हात पार्यो । २१–२१ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंक जोड्दै सेट जित्दै उपाधि नजिक पुगेको थियो ।
तेस्रो सेटमा पनि दुबै टोलीले सुरुवात देखिनै उच्च प्रतिस्पर्धा गरेका थिए । १०–१० को बराबरी अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै सेटमा एक समय अग्रता लिएको थियो । पुलिसले एपिएफका खेलाडिमाथि आफ्नो दवदवा कायम गरिरहँदा उपाधि जित्ने सम्भावना अझैं जिवत रहेको देखिन्थ्यो । तर, त्यसलाई निरन्तरता दिन सकेन । पुलिसको खेल र खेलाडीको प्रस्तुतीलाई सुक्ष्मरुपमा नियालेको एपिएफले त्यसपछि रोमाञ्चित खेल प्रस्तुत गर्दै उत्कृष्ट पूनरागमनका साथ पुनः पाँच अंकको अग्रता लिँदै २०–१५ अवस्थामा पुग्दै उपाधि सहज बनाएको थियो ।
एपिएफले तेस्रो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जितेको हो । एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । एपिएफलाई उपाधि दिलाउन सरस्वती चौधरीको प्रर्दशन खेलमा उच्च रह्यो ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो ।
एपिएफको यो जितसंगै सातौं सस्ंकरण सम्म आई पुग्दा प्रधानमन्त्री कप भलिबल प्रतियोगिता चार पटक जितेकोछ । उपाधि विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेकोछ । भने न्यू डायमण्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यू डायमण्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गरेकोछ ।