आठौं खेलः वैशाख ५ देखि


आठौं खेलः वैशाख ५ देखि

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म हुने भएको छ । शुक्रबार भएको राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगिताको मिति घोषणासँगै आयोजना प्रति गरिएका आशंकाहरु समाप्त भएका छन् । यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन प्रस्ताव गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्ला दिन राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन गर्ने बताउँदै आएका थिए । प्रतियोगिताको मुख्य आयोजना स्थल नेपालगन्ज रंगशालामा भीआइपी प्याराफिट निर्माणमा ढिलाई हुँदा प्रतियोगिता सुनिश्चित हुन सकेको थिए । अहिले रंगशालामा भिआइपी प्याराफिट जडानको कार्य तिव्र पारिएको छ । चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।