निजी विद्यालयमा डरलाग्दो सिण्डिकेटः
नेपालगन्ज :नयाँ शैक्षिक शत्र शुरू नहुँदै बाँकेका अधिकत्तर निजी विद्यालयले भर्नाका नाममा मनोमानी शूल्क तोक्न थालेका छन् । बाँकेमा एक सय ९५ निजी शैक्षिक संस्था छन् ।
जसमा २८ हजार आठ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् । सरकारले निजी विद्यालयको पर्याप्त मात्रामा अनुगमन र नियमन नगर्दा ती विद्यालयले मनपरी शूल्क असुल्दै आएको जनगुनासो बढिरहेकोछ ।
निजी विद्यालयले अभिभावकबाट विभिन्न शीर्षकमा मनपरी शूल्क असुल्ने गरेका छन् । तर, स्थानीय सरकार र शिक्षा कार्यालय तैं चुप मै चुप अवस्थामा छ । केही निजी विद्यालयले परीक्षा शूल्क, मासिक शूल्क, कम्प्युटर ल्याब, ट्युसन, होस्टेल, डायरी, बेल्ट, टाई, जुत्ता, मोजालगायत शीर्षकमा शूल्क लिइरहेका छन् । यस्तै, कापीमा समेत सिण्डिकेट लगाउने गरेको खुल्न आएको छ ।
उनीहरुले तोकिएको स्टेसनरीमा किताब किन्न अभिभावकलाई दबाब दिने गरेको पाइएको छ । पेन्सिल, पोसाकमा समेत केही विद्यालयले तोकिएको पसलबाट मात्र किन्न अभिभावकलाई कडा निर्देशन दिने गरेका छन् । बाँकेका केही निजी विद्यालयले असमान ढंगले शूल्क लिएको पाइएको छ । फरक विद्यालयको फरक–फरक मासिक शूल्क छ । निजी विद्यालयका एक अभिभावकले भने, ‘के गर्नु बोर्डिङमा पढाउनैप¥यो, जति भन्छन्, त्यति तिर्नैप¥यो । पैसा त कति जान्छ कति ?’
शिक्षा नियमावली २०५९ मा रहेर निजी विद्यालयले शूल्क निर्धारण गर्ने प्रावधान छ । शिक्षा नियमावलीमा निजी विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट शूल्क प्रस्ताव पारित गराएर जिल्ला शिक्षा समन्वय समितिमा पठाउनुपर्छ। प्रस्तावित शुल्क अनुमोदन भए सो शूल्क दर लागू गराउन अभिभावकले देख्ने गरी विद्यालयको सूचना पार्टीमा टाँस्नुपर्ने नियमावलीमा प्रावधान छ । तर, बाँकेका अधिकाशं निजी विद्यालयले यसरी सूचना समेत टाँस गरेका छैनन्।
निजी विद्यालयले एउटै पसलबाट सामान खरिद गर्न विद्यार्थी र अभिभावकलाई दबाब दिदैं आएको बिषयमा कार्यालयमा थुप्रै गुनासा आएको शिक्षा ईकाई समन्वय समिति बाँकेका अधिकृत लोकबहादुर शाही बताउँछन् । उनकाअनुसार यसरी गुनासाहरू आएपछि त्यसको रोकथामका लागि कार्यालयले जिल्लाका सबै निजी विद्यालयका सञ्चालकलाई बोलाएर विद्यालय सामाग्री खरिदमा सिण्डिकेट नलगाउँन र अभिावकलाई दबाब नदिन आग्रह गरिएको छ ।
कार्यालयले विद्यालय पोशाख लगायतका सामग्री खरिदका लागि कार्ड सिस्टमको व्यवस्था गर्न समेत बाँकेका सबे निजी विद्यालयलाई
परिपत्र गरिसकेको शाहीले जानकारी दिए । उनले भने ‘बाँकेमा यो पुरानै समस्या हो अहिले पनि छ । कार्यालय यसको रोकथाममा लागि परेको छ ।
कमिशनको चक्करले कतिपय विद्यालयले एउटै पसलबाट सामान खरिद गर्ने गरेको पाईएको छ ।’ उनले थपे ‘कतिपय विद्यालयले त भारतबाट समेत पोशाखदेखि कापी कलम र जुत्ता मोजा समेत खरिद गर्ने गरेको पनि सुनिएको छ ।’
कार्यालयले परिपत्र गरी त्यसो नगर्न आग्रह गरेपनि कतिपयय निजी विद्यालयले शैक्षिक सत्र शुरू हुनुअघि अहिले नै विद्यार्थी र अभिभावकलाई पसल तोकेरै शैक्षिक सामग्री र लत्ता कपडा खरिद गर्न दबाब दिईसकेको खुलासा भएको छ ।
निजी विद्यालयको यस्तो मनपरी हाबी भईरहेपनि कार्यालयले प्रभावकारी रूपमा नियमित अनुगमन गर्न चासो देखाएको छैन् । कार्यालयका अधिृकत शाहीले भने ‘अहिले अनुगमन लगायतका विविध कार्यक्रमको अधिकार पालिकामा सरेको छ । पालिकाहरूले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्नुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन् ।’
यता बाँके प्याबसनका नगर अध्यक्ष विकास बज्राचार्यले निजी विद्यालयले पोशाख लगायत पाठ्यपुस्तक पार्यने ठाउँमात्र देखाईदिने हो, बजारमा हल्ला भए जस्तो अभिभावक र विद्यार्थीलाई एकै ठाउँबाट किन्न पर्ने भनि दबाब नदिने गरेको बताए । उनले भने ‘त्यस्तो त खासै भए झै लाग्दैन् । अहिले तीन÷चार वटा पसल नेपालगन्जमै खुलका छन् । कतिपयले यहि पनि आफुखुशी खरिद गरेका छन् ।’