नेपालगन्ज : इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको आयोजनामा यु–१५ वल्र्ड स्कुल महिला भलिबल प्रतियोगिता सुरु भएको छ । क्रोएसियामा भइरहेको उक्त यू–१५ वल्र्ड स्कुल भलिबल च्याम्यिनसिपमा नेपाली यु–१५ टोली नेदरल्याण्ड–२सँग पराजित भएको छ ।
२०१७ देखि इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको सदस्य रहेको नेपाल यस वर्ष पहिलो पटक वल्र्ड स्कुल भलिबल च्याम्यिनसिपमा सहभागिता जनाइरहेकोछ । पहिलो पटक सहभागीता जनाएको नेपाली भलिबल टिम नेदरल्याण्डसंग आईतबार हार ब्यहोर्नुपरेको हो । नेदरल्याण्डको टिम–२ सगँ नेपाल पराजित भएको हो ।
क्रोएसियामा भइरहेको उक्त प्रतियोगिताको पहिलो खेलमा नेपाल सोझो सेटमा पराजित भया । पहिलो सेटमा २५–७ ले पराजित भएको नेपाल दोस्रो सेटमा २५–२० ले पराजित भएको प्रशिक्षक कुमार राईले सेतोखरीलाई जानकारी दिए ।
सेतोखरीसंग प्रशिक्षक राईले कुरा गर्दै भने पहिलो पटक अन्तराष्ट्रिय मैदानमा भलिबल खेल्दा प्राप्त कमिकमजोरीलाई सुधार्नेछौं । खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेता पनि केही रणनीतिक कमीकमजोरीलाई सुधार्नेछौं । १४ राष्ट्र सहभागी सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै न्यू डायमण्ड एकेडेमी मैदानमा उत्रिएको छ । १४ देशका १५ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । नेदरल्याण्डको भने दुई वटा टिम खेल्दैछ । घरेलु महिला भलिबल टिममा न्यू डायमण्ड टिम निकै लोकप्रिय टिम हो ।
सोमबार फ्रान्सका विरुद्ध नेपाल खेल्दै
क्रोएसियामा भइरहेको यु–१५ वल्र्ड स्कुल महिला भलिबल प्रतियोगिता अन्र्तगत नेपालले सोमबार फ्रान्ससंग प्रतिस्प्रधा गर्नेछ । समुह बी मा रहेको नेपालले पहिलो चरणको खेलमा नेदरल्याण्डसंग हार ब्यहोर्नु परेको हो । नेपाल रहेको समुह बीमा नेपाल, नेदरल्याण्ड–२, फ्रान्स र बुल्जरिया देश रहेकाछन् । नेपालले सोमबार समूहको अर्को खेलमा फ्रान्ससँग खेल्नेछ ।
क्रोएशियाको पारेसमा आयोजित उक्त खेल चैत १६ देखि २१ गतेसम्म हुनेछ । नेपाली टोलीमा न्यू डायमण्ड एकेडेमीका खेलाडी समावेश छन् । जसमा सजिना श्रेष्ठ (कप्तान) सहित सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुवँर, प्रेक्षा राई र सुनिता खड्का छिन् ।
त्यसैगरी टोलीको अन्य सदस्यमा हेड अफ डेलिगेसन राजकुमार कार्की, प्रशिक्षक कुमार राई, स्कुल शिक्षक सुनकेशरी माली, रेफ्री चन्द्रा बदना राई र स्कुल डाइरेक्टर मोहनकुमार कार्की छन् । उक्त प्रतियोगितामा नेपालसहित, बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपे, क्रोयशिया, फ्रान्स, इस्टोनिया, हङ्गेरी, मेसिडोनिया, नेदरल्याण्ड, स्पेन, युक्रेनलगायत देशको सहभागिता रहेकोछ ।
यस्तो छ खेल तालिका