नेपाल पत्रकार महासंघ निर्वाचन– २०७७

बाँके महासंघमा दामोदरको दमदार ‘इन्ट्री’


बाँके महासंघमा दामोदरको दमदार ‘इन्ट्री’

नेपालगन्ज २७ चैत : नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्षमा पत्रकार दामोदर भण्डारीको प्यानल बिजयी भएको छ ।

लोकतान्त्रिक व्यवसायीक श्रमजिवी पत्रकारको संयुक्त प्यानलको नेतृत्व गर्दै महासंघ निर्वाचनमा होमिएका नेपाल प्रेस युनियनका दामोदर भण्डारी महासंघको अध्यक्ष पदमा भारी मतले विजयी बने ।

महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको मतदान बिहीबार अबेर रातीबाट मतगणा गरिएको थियो । बिहीबार रातीबाट शुरु गरिएको मतगणाको अन्तिम मतपरिणाम शुक्रबार बिहान साढे ५ बजेमात्र सार्वजनिक भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

भण्डारी नेतृत्व प्यानलले सचिव र सदस्य (दलित) गुमाउनु प¥यो । यद्यपी निकैनै प्रतिस्प्रधात्मक भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले वर्चश्व कायम गरेकोछ ।

भण्डारीले उनका निकटम प्रतिद्वन्दी दक्ट प्रसाद धिताललाई पराजित गर्दै महासंघको नेतृत्वमा पुगका हुन् । भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरे ।
शुक्रबार विहान सम्पन्न मतगणनामा भण्डारीले कुल एक सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी धितालले एक सय ३९ मतमा समेटिदैं हार ब्यहोरे ।

यस्तै सचिव पदमा लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेदवार बनेका क्षेत्रनाथ देवकोटा (आकाश) १६ मतको अन्तरमा पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलका कमल डाँगी विजयी भए । उनले एक सय ५१ मत प्राप्त गर्दै सचिवमा आफ्नो कब्जा जमाए ।

यसैगरि लोकतान्त्रिक प्यानलका तर्फबाट (खुला) र (समाबेशी) तर्फ उम्मेदवार बनेका सह–सचिवद्वय हेमन्त चौधरी र कृष्णबहादुर ओली विजयी बनेकाछन् । उनीहरुले क्रमश एक सय ६८ र एक सय ७१ मत प्राप्त गरे । सह–सचिवद्वय चौधरी र ओलीका निकटतम प्रतिद्वन्द्वी क्रमश भगतराम थारु एक सय १५ र महमुद आलम खाँ एक सय आठ मतमा समेटिए । उनीहरुबीच ५३ र ६३ मतको फरकमा हार ब्यहोर्दा लोकतान्त्रिक प्यानलबाट महासंघको कोषाध्यक्ष पदमा उम्मेदवार बनेका विनोद पौडेलले आफ्नो निकटतम प्रतिद्वन्द्वी देवेन्द्रराज पौडेललाई ५८ मतले पछि पार्दै विजयी बने । विनोदले कुल १७४ मत प्राप्त गरे ।

निर्वाचनमा महासंघ सदस्य (महिला) लोकतान्त्रिक प्यानलकी सावित्री गिरी, सदस्य (आदिबासी जनजाती) तर्फ राधेश्याम चौधरी, सदस्य (मधेसी) तर्फ भिष्मप्रसाद लोध, सदस्य (अन्य समावेशी) तर्फ मोहम्मद जावेद हलवाई विजयी भए । उनीहरुले क्रमश १७१, १३७, १७२ र १६४ मत ल्याउदै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरु क्रमश लक्ष्मी तिमिल्सिना, प्रज्वल श्रेष्ठ, गिरिश गुप्ता र मोबिनुद्दिन सिद्दिकीलाई क्रमश ६०, ५, ६९ र ६५ मतले पराजित गरे ।

लोकतान्त्रिक प्यानलका तर्फबाट सदस्य (दलित) पदमा उम्मेदवार बनेका कालीबहादुर परियार (कविन्द्र)लाई साझा प्यानलकी पवित्रा परियारले एक सय ४२ मत प्राप्त गरिन । उनले १० मतको अन्तरमा कविन्द्रलाई हराईन ।

सदस्य (दलित) तर्फ हार ब्यहोरेको लोकतान्त्रिक प्यानलले खुला सदस्यतर्फ सबै पदमा जित हाँसिल गरेकोकछ । लोकतान्त्रिक प्यानलका तर्फबाट सदस्य (खुला) तर्फ उम्मेदवार बनेका सदस्यहरु क्रमश दिनेश ठाकुरले एक सय ५०, जाबेद अहमद शाहले १३८, खगेन्द्रप्रसाद आचार्यले १३६, डिल्ली शाहीले १४९, शंकर लामिछाने(अशान्त)ले १३३, शौरभ गिरीले १३४, निर्मल आचार्यले १३८ र सुनिल रेग्मीले १६५ मत प्राप्त गर्दै महासंघ सदस्य (खुला) मा निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी साझा प्यानलका यदुराज मिश्रले ११२, सजन कुमार आरसी ८१, चन्दा सिंह कसेरा १११, रविन्द्र सिंह ठकुरी १२४, चन्द्र बोहोरा ८३, रवि रोकाया १२३, नन्दलाल देवकोटा ११९, खिमप्रसाद घिमिरे १०७ तथा स्वतन्त्रतर्फबाट सदस्य पदमा उम्मेदवार बनेका हेमराज भट्ट ५६ र मन भण्डारीले ४४ मत प्राप्त गर्दै निर्वाचनमा हारे ।

यसैगरि राष्ट्रिय परिषद् सदस्यतर्फ लोकतान्त्रिक प्यानलतर्फबाट प्रमेबहादुर केसी १६३, शंकरप्रसाद खनाल १७०, कृष्ण खनाल १४४ र तिलक गाउँलेले १५१ मत प्राप्त गर्दै विजयी बने । भने साझा प्यानलका जनक नेपाल १५३, झलक गैरे १६८ र रुद्र सुवेदी १६६ मत प्राप्त गर्दै निर्वाचित भए । राष्ट्रिय परिषद्मा लोकतान्त्रिक प्यानलका केसी, शंकरप्रसाद, कृष्ण र गाउँले विजयी भएका हुन् ।

यस्तै प्रदेश परिषद् सदस्यतर्फ लोकतान्त्रिक प्यानलका तर्फबाट मुस्ताक अहमद जसगढ १४९, हरि ज्ञवाली २१७, मधुकुमारी खड्का २०७, विनोद भट्टराई १८६, लक्ष्मण सापकोटा १५४, केशव शाही १५७, निशा शाह १७६, विजय मल्ल १६८, विशाल कुँवर राना १४७ र किरण आचार्यले १६२ मत प्राप्त गर्दै विजयी बने । भने साझा प्यानलका खम्बप्रसाद पुन १२९, महानन्द ढकाल १२९, मेराज सल्मानी १२५, सागर गैरे १३०, कुमार (राजकुमार) श्रेष्ठ १३७, कृष्ण चौधरी १५१, हेमन्तराज काफ्ले १४५, विनोद पाण्डे १२७, अनिता विक ११७, हिमाल गैरे १२६, तिर्थ जैशी १२१ र विष्णु प्रसाद बेलबासे १३१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

महासंघ निर्वाचन समतिका निर्वाचन अधिकृत केशव कोईरालाका अनुसार कुल ३२३ मतदाता मध्ये २९६ मतदाताले मतदान गरेकाछन् । बुधबार भएको निर्वाचनमा झण्डै ९६ प्रतिशत मत खसेको थियो ।

महासंघ निर्वाचनका लागि नेपाल प्रेस युनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धिताल निर्वाचनमा उत्रिएका थिए ।

निर्वाचन अधिकृत कोइरालाका अनुसार महासंघ केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वका लागि भएको मतदानमा बाँकेबाट अत्याधिक मत लोकतान्त्रिक प्यानलले पाएकोछ ।