बिद्यालय स्तरका खेलहरुबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुन्छ : प्रदेश सभा सदस्य हमाल

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु


बिद्यालय स्तरका खेलहरुबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुन्छ : प्रदेश सभा सदस्य हमाल

सञ्जय शाही

नेपालगन्ज २ वैशाख : नेपालगन्जमा आजदेखि १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।

नेपालगन्जस्थित एमपी स्कुलको खेल मैदानमा सञ्चालन भईरहेको उक्त प्रतियोगिताको बिहीबार प्रदेश सभा सदस्य एवं ओलम्पियन सुरेन्द्र हमालले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे ।

प्रतियोगिताको उदघाटन गर्दै हमालले बिद्यालय स्तरका खेलहरुबाट नै राष्ट्रिय खेलाडीहरुको उत्पादन हुने बताए । उनले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको उल्लेख गर्दै आफुले प्रदेशसभामा यसबारे आवाज उठाई रहेको जिकिर गरे ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै मध्यपश्चिम खेलकुद बिकास समिति नेपालगन्जका पुर्ब अध्यक्ष भीम ओलीले खेलाडीहरुले देशलाई अन्तराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोले राज्यले यस क्षेत्रलाई उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन शत्रमा आयोजक जिल्ला खेलकुद बिकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले स्वागत गरेका थिए ।

प्रतियोगितामा जिल्लाका ४१ वटा बिद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, कपर्दी, भलिबल र एथ्लेटिक्स खेल समावेश छन् ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले आगामी बैशाख १० गतेदेखि दाङमा सञ्चालन हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।