दुई सय पचास कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य
नेपालगन्ज : नेपालगन्जमादोस्रो चरणको सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो ।
सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर दोस्रो पटक नेपालगन्जमा सञ्चालित छ । यसअघि गत असारमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर चलाइएको थियो । सो क्रममा नगरका १ सय ८० सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको थियो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्नकै लागी एनिमल नेपालको स्पेसल टिम काठमाडौ बाट नेपालगन्ज झिकाइएको छ ।
एक सातामा दुई सय पचास बढि कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको एनिमल नेपालकी फिल्ड अफिसर रेखा श्रेष्ठ कार्कीले जानकारी दिइन् । स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गराइने अफिसर श्रेष्ठले सेतोखरीलाई जानकारी दिइन् । कुकुरको जनसङख्यामा कमि ल्याई रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले लिइएको श्रेष्ठले जनाइन् ।
नेपालगन्जमा सामुदायिक कुकुरको संख्यामा अत्याधिक बृद्धि हुदाँ विभिन्न दुर्घटना समेत निम्तीएको भन्दै बन्ध्याकरण शिविर सञ्चालन गरिसकेपछि केहि सङख्यामा भएपनि कुकुरको जनसङख्यामा कमि आउने आयोजकको विश्वास रहेकोछ । हाल नेपालगन्ज क्षेत्रमा एक हजार बढी सामुदायिक कुकुरको रहेको उपमहानगरपालिकाले जनाएको छ ।
एनिमल नेपालको प्राविधिक तथा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमो सो बन्ध्याकरण शिविर यतिखेर नेपालगन्जमा सञ्चालित छ । एनिमल नेपालका ६ जनाको पशुचिकित्सको टिम यतिखेर कुकुर बन्ध्याकरणमा जुटिरहेकोछ ।
एनिमल नेपालका पशुचिकित्सक डाक्टटर सुनिल थापाका अनुसार कुकुर बन्ध्याकरण कार्य मानिसको बन्ध्याकरण गरे सरह नै हुन्छ । सामुदायिक कुकुरलाई पहिले नियन्त्रण लिई २४ घण्टा आफ्नो निगरानीमा राख्छौ, उनीहरुको स्वास्थ्य अवस्थालाई बुझेर अर्को दिन अपरेसन –बन्ध्याकरण) गर्छौ । यसरी बन्ध्याकरण गरिसकेपछि उसको अवस्थालाई मध्यनजर राखी २४ घण्टा पछि छाड्छौं । डाक्टर थापाले भने बन्ध्याकरण गरिएका सामुदायिक कुकुरको देव्रे कानमा ट्याग लगाएर छाड्छौं । जसले गर्दा बन्ध्याकरण गरिएको कुकुरको परिचय हामीसंग रेकर्ड रहन्छ ।
दोस्रो चरणको सामुदायिक कुकुर बन्ध्याकरणमा नेपालगन्ज उपमहानगरपालिकाले पाँच लाख तथा एनिमल नेपाल प्राविधि खर्च मिलाएर करिब तीन लाख गरि जम्मा ८ लाख लागतमा शिविर गरिन लागेको एनिमल नेपालका नेपालगन्ज फिल्ड अफिसर रेखा श्रेष्ठ कार्कीले सेतोखरीलाई जानकारी दिइन ।