दाङकी २० वर्षिया स्टाफ नर्सको कोरोनाले लियो ज्यान


दाङकी २० वर्षिया स्टाफ नर्सको कोरोनाले लियो ज्यान

नेपालगन्ज ६ वैशाख : कोरोना संक्रमणले दाङकी २० वर्षिया स्टाफ नर्सको मृत्यु भएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत राप्ती लाईफ केयर दाङ तुलसीपुर ११ की २० वर्षिया स्टाफ नर्स अनिसा ओलीको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत ती स्टाफ नर्सको आज(सोमबार) विहान मृत्यु भएको हो ।

अस्वस्थ भएपछि आरटी चेक गराउन नेपालगन्ज आएकी स्टाफ नर्सले बागेश्वरी ल्याब कोहलपुर पीसिआर जाँच गराएकी थिइन । वैशाख १ गते आएको पीसिआर रिर्पोटमा उनी कोरोना पोजेटिभ पाइएपछि सोही दिन भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका कोरोना फोकल पर्शन ओलीका अनुसार लक्षणसहित संक्रमण पाइएकी ती स्टाफ नर्स पछिल्लो ४–५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचाररत स्टाफ नर्सको मृत्यु भएको हो । पछिल्लो पटक बाँकेमा पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु भएको हो । योसंगै बाँकेमा उपचार गराउन आएका बाँके जिल्ला बाहिरका ९८ जनाको मृत्यु भएकोछ ।