नेपालगन्ज: इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको आयोजनामा सञ्चालित यु–१५ वल्र्ड स्कुल महिला भलिबल प्रतियोगितामा नेपालको पहिलो जित भएको छ ।
क्रोएसियामा भइरहेको उक्त यू–१५ वल्र्ड स्कुल भलिबल च्याम्यिनसिपमा नेपाली यु–१५ टोलीले अजरवैजानलाई २–१ को सेटमा हराउँदै पहिलो जित हात पारेको हो । बिहिवार अजरबैजनसँग भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमण्ड एकेडमीले जित हाफ्नो पक्षमा पारेको हो ।
न्यू डायमण्डले दोस्रो सेटमा २५–१९ जित्दै नतिजा आफ्नो पक्षमा निकालेको हो । त्यस्तै तेस्रो सेटमा २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । ‘हामीले पहिलो सेट गुमाएर पनि सफलता हात पार्न सक्यौं । छोरीहरुले सोचे जस्तो खेल प्रर्दशन गरे, यो अनुभवले भविश्यमा नेपाली महिला भलिबलमा महत्वपूर्ण योगदान दिनेछ ।’ पहिलो जित पछि बोल्दै प्रशिक्षक कुमार राईले सेतोखरीसंग भने ‘न्यू डायमण्डले आज शुक्रबार हंगेरीसँग प्रतिस्प्रधा गर्दैछ ।
२०१७ देखि इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको सदस्य रहेको नेपाल यस वर्ष पहिलो पटक वल्र्ड स्कुल भलिबल च्याम्यिनसिपमा सहभागिता जनाइरहेकोछ । पहिलो पटक सहभागीता जनाएको नेपाली भलिबल टिमले यसअघि नेदरल्याण्ड–२ र फ्रान्ससंगको खेलमा हार ब्यहोर्नुपरेको थियो ।
१४ राष्ट्र सहभागी सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै न्यू डायमण्ड एकेडेमी मैदानमा उत्रिएको छ । १४ देशका १५ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । नेदरल्याण्डको भने दुई वटा टिम खेल्दैछ । घरेलु महिला भलिबल टिममा न्यू डायमण्ड टिम निकै लोकप्रिय टिम हो । समुह बी मा नेपाली टिम रहेकोछ ।