नेपाली टोली आइतबार नेपाल आउदै
नेपालगन्ज: इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको आयोजनामा सञ्चालित यु–१५ वल्र्ड स्कुल महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सम्पन्न भएसगैं नेपालले फेयर प्ले अवार्ड हात पारेको छ । नेपालको प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा न्यू डायमण्ड एकेडमी सहभागि भएको थियो ।
जसमा नेपालले उच्च प्रदर्शन गर्दै फेयर प्ले अवार्ड जित्न सफल भएको न्यू डायमण्डका एकेडमीका प्रशिक्षक कुमार राईले सेतोखरीलाई जानकारी दिए । नेपालले एक खेलमा जित हात पारेपनि उत्कृष्ट र सवैको मन जित्ने खेल प्रदर्शन गरेकाले सो अवार्ड पाएको प्रशिक्षक राईले बताए । उनले भने–देशले पहिलोपटक अन्तर्राष्ट्रि महिला भलिबल प्रतियोगितामा सानदार खेल प्रस्तुत गरेकोछ, केही सफलता प्राप्त गरेकोछ, हामीले प्राप्त गरेको फेयर प्ले अवार्डले हामीमा थप उर्जा थपेकोछ । उनले नेपाली टोली भोल (आईतबार) बेलुका नेपाल आइपुग्ने बताए ।
नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्ने मौका पाएको हो ।
पहिलो पटक सहभागीता जनाएको नेपाली भलिबल टिमले अन्य देशसंग हार ब्यहोरेपनि अजरवैजानलाई २–१ को सेटमा हराउँदै पहिलो जित हात पारेको थियो ।
२०१७ देखि इन्टरनेशनल स्कुल अफ स्पोर्टस फेडेरेसनको सदस्य रहेको नेपाल यस वर्ष पहिलो पटक वल्र्ड स्कुल भलिबल च्याम्यिनसिपमा सहभागिता जनाएको हो । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको सहभागिता निश्चित भएको हो ।
सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै न्यू डायमण्ड एकेडेमी मैदानमा उत्रिएको थियो । घरेलु महिला भलिबल टिममा न्यू डायमण्ड टिम निकै लोकप्रिय टिम हो । समुह बी मा नेपाली टिम रहेकोछ ।
९ खेलाडीसहितको १४ सदस्यीय टोली एक साताअघि प्रतियोगिता स्थल क्रोएसिया पुगेको थियो ।
नेपाली टोली
सोनी थपलिया – खेलाडी
करिना सुनुवार – खेलाडी
सविना तामाङ – खेलाडी
दिया परियार – खेलाडी
जोया गुरुङ – खेलाडी
सजिना श्रेष्ठ – खेलाडी (कप्तान)
रिया कुवँर – खेलाडी
प्रेक्षा राई – खेलाडी
सुनिता खड्का – खेलाडी
कुमार राई– प्रशिक्षक
राज कुमार कार्की – हेड अफ डेलिगेसन
सुनकेशरी माली – स्कुल शिक्षक
चन्द्रा बदना राई – रेफ्री
मोहन कुमार कार्की – स्कुल डाइरेक्टर