नगर प्रमुख तथा प्रशासकीय अधिकृतलाई कोरोना


नगर प्रमुख तथा प्रशासकीय अधिकृतलाई कोरोना

बर्दिया १२ वैशाख : बर्दियाको बारबर्दिया नगरपालिकामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि अत्यापश्यक काम बाहेक अन्य सवै काम बन्द गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि आगामी वैशाख १७ गते सम्मका लागी नगरका सबै विद्याय बन्द गरिएको छ ।

बारबर्दियामा यो समाचार तयार पार्दा सम्म ३३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षक तथा विद्यार्थी रहेका छन् । संक्रमित सवै होम आइसुलेसनमा रहेका छन् ।

नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे माक्सको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । यसैविच आरसी थारु मेमोरियल अस्पतालमा अक्सिजन सहितको १५ वेड तयारी अवस्थामा पनि राखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नगर प्रमुख दुर्गाबहादुर थारु, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा कोरोना पोजेटिभ पाइएपछि नगरपालिकामा अत्यावश्यक बाहेकका सवै काम १५ गते सम्मका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ ।