नेपालगन्ज १४ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँके जिल्लाका पालिका तहमा निर्माण गरिएको आइसोलेसनमा ८६ वटा अक्सिजनसहित ३५१ वटा बेड तयार पारिएकोछ ।
जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमणका कारण बेड अभावले संक्रमितलाई उपचार गराउन हम्मेहम्मे भइरहेका बेला जिल्लाका ८ पालिका तहमा अक्सिजन सहित बेडको आइसोलेसन निर्माण गरिएको हो ।
डिसिसिएमसीका अनुसार यसरी बाँकेको खजुरा गाउँपालिकामा सबैभन्दा बढि ३० वटा अक्सिजनसहित बेड रहेको आइसोलेसन निर्माण गरिएकोछ । खजुरा गाउँपालिकाको राधापुर स्वास्थ्य चौकीमा १० र जनक शिक्षा सामाग्री केन्द्रको छापाखान भवनमा २० वटा अक्सिजनसहित बेडको आइसोलेसन निर्माण गरिएको हो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाको राँझा स्थित ह्वाइट हासमा १२० वटा साधरण बेड रहेको आइसोलेसन सञ्चालनमा रहेकोछ ।
त्यसैगरि कोहलपुर नगरपालिका वडा नम्बर–२ स्थि कोभिड अस्पतालमा १० वटा अक्सिजनसहितको बेड र १५ वटा साधारण बेड सहितको २५ बेडको आइसोलेसन सञ्चालनमा रहेकोछ ।
डिसिसिएमसीका अनुसार बैजनाथ गाउँपालिका वडा नम्बर–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवामा ५ वटा अक्सिजन र १५ वटा गरि २० बेडको आइसोलेसन सञ्चालनमा रहेकोछ ।
डुडुवा गाउँपालिका वडा नम्बर– २ स्थित बहुउद्देश्य हलमा १६ वटा अक्सिजनसहित बेड रहेको आइसोलेसन सञ्चालनमा रहेकोछ । भने राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ स्थित छात्रबास भवनमा ३ वटा अक्सिजन र १२ वटा साधरण बेड तथा वडा नम्बर ६ सहिद पार्क भवनमा २ वटा अक्सिजन र ८ वटा साधरण बेड तथा वडा नम्बर–३ स्थित सेल्टर हाउसमा ३ वटा अक्सिजन र १२ वटा साधरण बेड गरि जम्मा ४० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेकोछ ।
यता जानकी गाउँपालिकाको वडा नम्बर– ६, स्थित खुला कारागारमा ५ वटा अक्सिजन बेड र ४५ वटा साधारण बेड गरि ५० वटा बेड सञ्चालनमा रहेकोछ । भने नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २ वटा अक्सिजन र २३ वटा साधारण बेड तथा नेराप्रावि मोतिपुरमा १० वटा अक्सिजन र १५ वटा साधारण बेड गरि ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।