‘रुद्र’बाट डेब्यू गरेर सन्तुष्ट छैनँ, बरु मलाई मेरो भ्वाइसले चिनायो’: सारा

एकान्टेन बनिसकेकी सारा कसरी नायिका भइन् ?


सेतोखरी सेतोखरी   बिहीबार, मंसिर २७, २०७५
‘रुद्र’बाट डेब्यू गरेर सन्तुष्ट छैनँ, बरु मलाई मेरो भ्वाइसले चिनायो’: सारा

चलचित्र ‘रुद्र’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेपनि नायिका सारा सिर्पाली आफ्नो डेब्यू चलचित्रबाट खासै सन्तुष्ट छैनन् । किनभने, यो चलचित्रबाट आफूले कुनै पनि परिचय बनाउन नपाएको उनको गुनासो छ । उनले भनिन्–‘मैले मनदेखि भन्नुपर्दा म ‘रुद्र’बाट सन्तुष्ट छैनँ । किनकी, यो चलचित्रले मलाई कुनै पनि चिनारी दिलाएन । पहिलो चलचित्रबाट मैले एउटा परिचय पाएको भए अहिले कुरा नै फरक हुने थियो ।’

सारासँग गरिएको ‘ओके सेलिब्रिटी शो’को भिडियो यहाँ हेर्नुहोस्ः


साराले बरु आफूलाई कुनै चलचित्रमा आवाज मात्र भर्दा बढी दर्शकले चिनेको बताइन् । चलचित्र ‘लिलिबिली’मा साराले नायिका जसिता गुरुङमाथि आवाज दिएकी छिन् । यो आवाजले नै खुबै चर्चा पाएको थियो । भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’की नायिका साराको चलचित्र क्षेत्र रुची थियो । क्यामेरा अगाडि अभिनय गर्नु सानैदेखिको रुची भएकै कारण उनले सुरु गरेको जागिर समेत छाडेकी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj