हिरमिनियाका ७५ प्रतिशत धारा सुक्खा


हिरमिनियाका ७५ प्रतिशत धारा सुक्खा

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका हिरमिनियामा जडान गरिएकामध्ये ७५ प्रतिशत धारामा पानी आउँदैन् । धारा जडान गरेको बर्षदिनमै पानी आउन छाडेपछि यहाँका स्थानीय आक्रोशित भएका छन् । धारा जडानका लागि खर्च भएको लाखौंको वजेट वालुावमा पानी झै भएको छ ।


उक्त गाउँमा एक बर्षअघि नेपाल विकास समाज नामक गैरसरकारी संस्थाले लाखौं रूपैयाँ खर्च गरेर करिब दुई सय घरमा यस्ता धारा जडान गरेको थियो । उक्त धारा जडान गर्दा संस्थाले प्रति घर दुई हजार रुपैयाँ लिएको थियो । तर, धारा जडान भएको बर्षदिन नहुँदै ७५ प्रतिशत धारामा पानी आउन छाडेको स्थानीयले बताए । स्थानीयका अनुसार त्यहाँ २५ देखि ३० फिट मात्र पाइप गाडेर पानी निकालिएको थियो । गाउँपालिका ६ का वडाध्यक्ष मोहन मिश्राले भने, ‘तर, धारा एकवर्ष नपुग्दै सुकेका छन् ।’उनका अनुसार त्यसक्षेत्रमा ८० देखि सय फिटसम्ममा धाराका पाइप गाडिएका छन् । ती वर्षौंसम्म सुकेका छैनन् । यो संस्थाले २५ मिटरमै पाईप गाडेकोले धारा छिट्टै सुके उनले भने ‘शुरूमै प्राविधिक गडबडी भयो ।’ उनकाअनुसार संस्थाले हिसाबकिताब गर्दा भने ७०÷८० फिट देखाइएको पीडितले बताएका छन् । उनले भने, ‘त्यसबारे छानबिन आवश्यक छ ।’ दुई हजार रुपैयाँ तिरेर धारा जडान गर्न पाएपछि खुशी भएका स्थानीय बर्षदिनमै धारा सुकेपछि निराश र आक्रोशित छन् ।

Kanti Aarogya Hospital Nepalgunj


स्थानीय अशोक मौर्यकाअनुसार उक्त संस्थाले गाडेका सबैजसो धारा बिग्रिइसकेका छन् । फर्स काम नलाग्ने भइसकेको छ । उनकाअनुसार सबैजसो धारामा ८० फिटभन्दा बढी पाइप जडान गरिएको कागज संस्थाका प्रतिनिधिले गरेका छन्। गाउँलेबाट दुईहजार लगेर लागत खर्च बढी देखाई धारा जडान गरिएको स्थानीयले खुलाएका छन् । तर, संस्थाले जडान गरेका धाराका बिषयमा बाहिर आएका कुरा असत्य भएको दाबी गर्दै आएको छ । गाउँलेले नै यसरी गुनासो गरेपछि आफूहरूले जडान गरेका धारामा तत्काल छानबीन र अनुगमन गर्ने संस्थाका केन्द्रीय अध्यक्ष नजरुलहसन फलाही बताउँछन् ।