बर्दिया २९ वैशाख : चटयाङ लागेर बर्दियामा एक जना महिलाको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर–४ दक्षिणपुरुवा निवासी ४५ वर्षिय मखमली बुढा क्षेत्रीको मृत्यु भएको हो ।
घर नजिकै रुखमा ओत लागेको बेला चटयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मंगलबार बाख्रा चराउन गएकी बुढाक्षेत्री पानि र हावाहुरी चलेपछि नजिकैको रुखमा ओत लागेको बेला सोही रुखमा चटयाङ परेपछि घाइते भएकी बुढाक्षेत्रीको उपचारका लागी राजापुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दियो ।