घरेलु खेलकुदको महाकुम्भ: ईतिहास रच्दै नेपालगन्ज


घरेलु खेलकुदको महाकुम्भ: ईतिहास रच्दै नेपालगन्ज

नेपालगन्ज: देशकै सवैभन्दा ठूलो खेलकुद प्रतियोगिता आजबाट शुरु भएसगै यतिबेला नेपालगन्ज तातिएकोछ । नेपालगन्ज लगायत यसक्षेत्रको मौसम बदली भएका कारण तापमान पनि बढेकोछ । तर, यो तापमानले भन्दा बढी घरेलु खेलकुदको महाकुम्भले नेपालगन्जबासीलाई छोएकोछ ।

त्यसो त नेपालगन्ज देशकै बढि गर्मी हुने स्थान, यहाँका स्थानीयलाई अझै गर्मीको महसुस भएको छैन । यद्यपी बाहिरी जिल्लाबाट आउने खेलाडी लगायतका पाहुनालाई नेपालगन्जको मौसमले भने पक्कै चुनौती दिइरहेकोछ । त्यसका बावजुद खेलक्षेत्रबाट आफ्नो भविष्यको रेखा कोर्न तल्लिन देशका होनहार खेलाडीहरु होस्टेमा हैसे गर्दै घरेलु खेलकुदको महाकुम्भमा यसरी भिजेका छन् मानौ आफ्नो प्रतिभा र क्षमता प्रस्फुटन गर्ने अन्तिम अवसर हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली खेलकुद इतिहासलाई हेर्ने हो भने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरुन्जेल कुनै पनि प्रतियोगिता निश्चित समय अवधिमा हुन सकेको पाईदैन । नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको ३८ वर्ष पूरा भइसकेको भए पनि हालसम्म सातवटा संस्करण मात्र आयोजना हुन सकेका छन् । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । नेपालगन्जमा करिब २० वर्ष पछि अहिले आठौं खेलकुद प्रतियोगिता भइरहेकोछ ।

पूर्वको विराटनगरमा सम्पन्न सातौं राष्ट्रि खेलकुद प्रतियोगितामा आठौं खेलकुद प्रतियोगिता गर्ने महान अभिभारा तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिले लियो । यो सानो र चानचुने कार्य थिएन । देशको वदलिँदो परिस्थिती, ठूलो मात्रामा आर्थिक भार लगायतका थुप्रै चुनौतीलाई सामना गर्नुपर्ने अवस्था तर पनि तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिले आयोजना गर्ने दृढताका साथ अघि बढ्यो । सोही अनुरुप निश्चित समय अवधिमै खेलकुद विकास समिति प्रदेश नम्बर ५ ले यसअघि आयोजना भएका प्रतियोगितालाई चुनौती दिदै गरे के हुन्न भन्ने कुरा प्रष्ट पा¥यो । जसको चर्चा यतिखेर देशभर चुलिएकोछ ।

प्रत्येक दुई–दुई वर्षको अन्तरालमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि निश्चित समयमा हुन सकेको थिएन । यसअघिको खेलकुद ईतिहासको रेकर्ड तोड्यो खेलकुद विकास समिति प्रदेश नम्बर पाँचले । नेपालगन्जलाई केन्द्र बनाएर आयोजित ‘घरेलु खेलकुदको महाकुम्भ’ले यसक्षेत्रका खेलाडी, खेलप्रेमी र नागरिकलाई उत्साहित मात्र बनाएन खेलक्षेत्रका भौतिक संरचना निर्माणसगैं प्रतियोगिता विजयीहरुले पाउदै आएको पुरुस्कार राशीमा पनि बढोत्तरी गरेर नयाँ रेकर्ड स्थापना गरेकोछ । नेपालगन्जले खेलप्रेमी, खेलाडीलाई मात्र नभई देशव्यापीरूपमा खेलकुदमय वातावरण बनाइ नयाँ ईतिहास लेखेको छ ।

प्रतियोगिता आयोजना गरेसगैं विभिन्न खेल विधामा उपाधी जित्नेलाई प्रदान गर्ने पुरुस्कार राशी पनि बढाइएकोछ । जसका कारण खेलाडीहरु थप उत्साहित हुनुका साथै उपाधि आफ्नो पोल्टामा पार्न बेग्र प्रतिक्षामा छन् । प्रतियोगिता अवधिभर हुने विभिन्न विधाका प्रतियोगितामा व्यक्तिगत तर्फ स्वर्ण, सामुहिक तर्फ स्वर्ण र राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडीले पाउने पुरुस्कार राशीमा यसपटक बढोत्तरी गरिएकोछ ।

व्यक्तिगत स्पर्धातर्फ पदक विजेता खेलाडीलाई १५ हजार र सामुहिक स्पर्धातर्फ स्वर्ण विजेतालाई ७ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको छ । यसअघि सातौंमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई १० हजार र सामुहिक स्पर्धातर्फ स्वर्ण विजेतालाई ५ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

यस्तै यसपटकको खेलकुद प्रतियोगितामा राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडीलाई जनही २५ हजारका दरल पुरुस्कार उपलब्ध गराईनेछ प्रदेश ५ खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए । उनले सेतोखरीसंग कुरा गर्दै भने स्वण पदक विजेता खेलाडीहरुका लागि ब्यक्तिगत स्पर्धातर्फ ५२ लाख ८० हजार र सामुहिक स्पर्धातर्फ ७ लाख ७९ लाख ५३ हजार गरि जम्मा एक करोड बत्तिस लाख तेत्तीस हजार रकम विनियोजित गरिएकोछ ।

भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने खेलकुदको महाकुम्भलाई चलायमान गराउने र नयाँ गति दिने सबैभन्दा महत्वपूर्ण माध्यमका रुपमा आठौंलाई हेरिएको छ । राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्न नियमितरूपमा गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरि खेलाडी छनोट गरिन्छ । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता र कार्यकुशलता देखाउने अवसर पाउँछन् ।

उद्घाटन कार्यक्रममा ईतिहास तोड्दै नेपालगन्ज

देशकै बढि गर्मी हुने स्थानबाट परिचित नेपालगन्जले मौसमलाई चुनौती दिदै प्रतियोगिता भब्य र सभ्यरुपमा सम्पन्न गर्ने आँट अघि बढाएसगै आठौंको सरगर्मीले यतिबेला नेपालगन्जलाई छपक्कै छोपेको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याईनभ्याई छ ।
प्रतियोगिता अन्र्तगत यही चैत्र २७ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता भइरहेकाछन् ।

प्रतियोगितालाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न यसका विभिन्न उपसमितिहरुले आफ्ना गतिविधिलाई सक्रियताका साथ अघि बढाएकोछ । प्रतियोगितालाई स्मरणीय योग्य बनाउन स्थानीय स्तरदेखि राष्ट्रिय खेलकूद परिषदले विशेष चासो लिइएकोछ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटनसगैं यसको समापन सम्मको हरेक गतिविधीलाई स्मरण योग्य बनाउन हरसम्भव सम्भावनाहरुलाई अघि सारिएकोछ ।

सोही सन्दर्भमा क्षेत्रीय खेलकूद विकास समितिको मूल समारोह समितिले प्रतियोगिता रोमाञ्चित र यादगारमय बनाउन बाँके जिल्लामा क्रियाशिल विभिन्न कला तथा साँस्कृतिक क्षेत्रमा आबद्ध ब्यक्तित्वहरुसंग गृहकार्य गरिरहेकोछ । राष्ट्रिय खेलकूद परिषदका सदस्य एवंम मूल समारोह समितिका संयोजक विनोद मैनालीको अध्यक्षतामा विभिन्न विषयहरुमाथि छलफल भइ तयारी अन्तिम चरणमा पुगेकोछ ।

यसपटक प्रतियोगिताको ग्राण्ड ओपनिङ्गका लागि सातवटै प्रदेशको कला, सँस्कृति झल्किने विभिन्न नृत्यलाई प्राथमिकता दिइनेछ । संयोजक मैनालीका अनुसार राष्ट्रपतिको उपस्थितीमा ग्राण्ड ओपनिङ्ग हुनेछ, रोमाञ्चित र यादगारमय बनाउन नेपालगन्जका एक दर्जन बढि कला तथा सांस्कृतिक समूहले जिल्लाका विभिन्न सामुदायिक तथा सस्थागत विद्यालयको जिम्मा लिइ त्यसको तयारी गरिरहेकोछ ।

आगमी वैशाख पाँच गते बेलुका पाँचबजेतिर औपचारिक उद्घाटन कार्यक्रम गरिनेछ । करिब दुई घण्टासम्म चल्ने सो उद्घाटन कार्यक्रम सोही राती करिब ८ बजेसम्म चल्नेछ । अवधिमा कला क्षेत्र, खेलकूद, विभिन्न स्कुल, सुरक्षाक्षेत्र, सामाजिक क्षेत्र लगायतले आफ्ना झाँकी, नृत्य प्रस्तुतीकरण गर्नेछन् । पुरानो परम्परामै सञ्चालन भएका यसअघिको प्रतियोगिताको रेकर्ड तोड्दै फरक शैलीमा मञ्च ब्यवस्थापन, रङ्गशाला सजावट गरि आतिसबाजी लगायत गरिने मैनालीले बताए । जसका लागि राखेपाका विभागीय प्रमुख कुलबहादुर थापा सम्मलित एउटा टोली लागिपरेकोछ ।

बाँकेमा १७ खेल
नेपालगन्जमा गर्मी सुरु भइसकेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा पनि एकातिर चलिरहेकोछ । विशेष गरि पश्चिम नेपालको बाँके, बर्दिया र दाङ्गका जिल्लामा गर्मी अलि ज्यादा नै हुन्छ ।

प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हाँसिल गर्न खेलाडी लालायत छन् । गर्मी भए पनि आठौँमा आफ्नो प्रतिभा देखाउन पाइने भएपछि खेलाडीहरु उत्साहित छन् ।

खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्नु सक्नुपर्छ । गर्मीमा केही चुनौतीहरु आउन सक्छन् । तर, गर्मीले असर नै गर्छ भन्ने पनि होइन । आयोजकले पनि त्यसको समुचित व्यवस्थापन गरिरहेको छ ।

प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापकलाई भ्याइनभ्याई भएको छ । ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तरगत कुल ३५ खेलमध्ये बाँकेमा १७ खेल हुनेछन् । जसमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
यस्तै प्रदेश पाँच अन्र्तगत दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

भने प्रदेश पाँचकै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । यता प्रदेश पाँचको बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् । पूर्वाधार नभएकाले प्रदेश पाँचमा हुन नसक्ने खेल अन्य जिल्लामा हुनेछ । जसअन्र्तगत ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।