मास्क र सावुन वितरण गर्ने भन्दै बर्दियमा प्रहरीले स्वास्थ्य मापदण्ड मिच्यो


मास्क र सावुन वितरण गर्ने भन्दै बर्दियमा प्रहरीले स्वास्थ्य मापदण्ड मिच्यो

बर्दिया ३ जेठ : बर्दियामा नियमकारी निकायका जिम्मवार व्यक्तिबाट निषेधाज्ञाको ठाडो उल्लघङन भएको पाइएको छ ।

कोभिड–१९ को दोस्रो लहर चलिरहेको बेला बर्दियामा जारी निषेधाज्ञाको अवधिमा भेला, आमसभा लगायत १० जना भन्दा बढि मानिसको भेलाको लागी पनि रोक लगाइएको छ । यसाका साथै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्थानीय प्रशासनले आग्रह गरिरहेको छ । तर सामान्य स्वास्थ्य मापदण्डको पालनालाई समेत ख्याल नगरी जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त मापदण्ड उल्लङ्घन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले सामाजिक दूरी समेतको सामान्य मापदण्डलाई समेत व्यवास्ता गर्दै सहयोगका नाममा टाँगा व्यवसायी र माटोको भाडा बनाउने ५० जनालाई मास्क र सावुन वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले नेपाल सरकारले बनाएको नियमलाई चुनौती दिदै गुलरियाको एक विद्यालयमा ५० जना भन्दाबढि मानिस भेला गराई प्रतिव्यक्ति १० थान मास्क र एउटा सावुन प्रदान गरे ।

Kanti Aarogya Hospital Nepalgunj

गुलरियका स्थानीयबासीलाई भेला गराई यसरी सामाजिक दूरी समेतको ख्याल नराखी मास्क वितरण गरिएको कार्यले नियमकारी निकाय आफै स्वास्थ्य सम्बन्धिको मापदण्डको धज्जी उडाएको पाइएको हो ।

सामान्य स्वास्थ्य मापदण्डको पालनालाई समेत ख्याल नगरी गरिएको सो कार्यक्रमले आम सर्वसाधरण नागरिकमाथि के सन्देश जाने हो त्यो प्रष्ट छ । अझ प्रहरीबाटै यसरी स्वास्थ्य मापदण्डको खुलेयाम उल्लङ्घन भइरहँदा कोरोना संक्रमणको जोखिम समेत बढेर आएकोछ ।

यतिखेर विहान खोलिने खाद्यान्न पसलमा खाद्यसामाग्री लिन जाँदा समेत प्रहरीले आवश्यकता भन्दा बढि केरकार गर्ने तर, आफैले ५० जना भन्दा बढि मानिस भेला गराई मास्क बाँड्ने कार्य गरेकोमा गुलरियाबासी अचम्मित बनेका छन् ।

मानिस भिड गरेर मास्क वितरण गर्नु भन्दा घर–घरमा पुगेर वितरण गरेको भए राम्रो हुने स्थानीयबासी बताउँछन् । प्रहरीले त्यहि स्थानमा भेला गराएको छ जहाँ कोभिडका संक्रमित सख्या बढि छ ।