कोभिडका विरामीलाई उच्च सेवा प्रदान गर्दै बारबर्दिया


कोभिडका विरामीलाई उच्च सेवा प्रदान गर्दै बारबर्दिया

बर्दिया ६ जेठ : कोभिड–१९ संक्रमित विरामीको उपचारमा बर्दियाको बारबर्दिया नगरपालिकाले उदाहरणीय कार्य गरिरहेकोछ । बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेका कोभिड अस्थायी अस्पतालबाट प्रदान हुने सेवा यतिबेला जिल्लाकै नुमनाको रुपमा पाइएको छ ।

कोभिड–१९ संक्रमित विरामीको उपचारका लागिा एम्बुलेन्समा राखेर बाँकेका विभिन्न अस्पतालहरुमा बेड खोज्दै भौतारिने र बेड पाउँदासम्म संक्रमितको मृत्यु हुने अवस्थालाई मध्यनजर गर्दै बारबर्दियाले आरसी थारु मेमोरियल नगर अस्पतालमा सुविधा सम्पन्न कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याइ कोभिडका गम्भीर प्रकृतिका विरामीको सफल समेत उपचार गरिरहेकोछ ।

अस्थायी अस्पतालमा दुइ जना डाक्टर सहित १५ जना स्वास्थ्यकर्मी खटिएकाछन् । आइसीयु र अक्सिजनसहितको २५ बेड रहेको आइसोलेसन सञ्चालनमा आएपछि यतिबेला जिल्लाका कोभिड–१९ विरामीहरु उपचारका लागियही आउने गरेकाछन् । जिल्लाका अन्य पालिकाको भन्दा पहिले वैशाख पहिलो सातादेखि कोभिड विरामी उपचार शुरु गरेको थियो ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु ‘कविर’का अनुसार नगरबासीको स्वास्थ्य सुरक्षालाई गम्भीररुपमा लिइ कोभिड–१९ संक्रमितको उपचारमा उच्च प्राथमिकता साथ काम गरिरहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा आफुहरु चिन्तित रहेको हुँदा आरसी मेमोरियल नगर अस्पतालमा कार्डिक मोनिटर सहितको स्वचालित आइसीयु बेड सञ्चालनमा ल्याएका छौं’ नगरप्रमुख थारुले बताए ।

उनले भने ‘कोभिड–१९ संक्रमित जटिल प्रकृतिका विरामीलाई उपचारका लागी अन्य स्थानमा धाउनुपर्ने अवस्थाको अन्त्य भएकोछ । केहि दिनमा एक्सरे मेसीन पनि जडान गर्दैछौं ।’

कोरोनाको दोस्रो लहरले ग्रसित बर्दियामा वैशाख पहिलो हप्ता अक्सिजन लिनको लागी नेपालगन्जमा रातभर जाग्रामबसी सिलिन्डर भराएर ल्याइ नागरिकको ज्यान जोगाउने कार्य गरेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत बसन्तबहादुर शाहले बताए ।

उनले भने–‘आइसोलेसनमा आवश्यक स्वास्थ्य उपकरणसहितको ब्यवस्थापनले पहिलेको भन्दा अहिले कोभिड–१९ संक्रमित विरामीको उपचारमा सहजता भएकोछ ।’
बारबर्दिया नगरपालिकाले यति मात्र होइन कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसनमा रहेका विरामीहरुलाई घरमै पुगेर नगर प्रमुख, डाक्टर लगायतको टोलीले स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै औषधि समेत वितरण गरिरहेकोे जन स्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले बताए ।

कोभिड–१९ संक्रमणकाबिच जिल्लामै अन्य पालिका भन्दा पहिले नै अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याएको बारबर्दिया नगरपालिकाले गुलरिया तथा बाँसगढि नगरपालिकाका कोभिड–१९ संक्रमित विरामीहरुलाई उपचार दिइरहेकोछ । नेपालगन्जमा भेरी अस्पताल तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बेड खाली नहुँदा त्यहाँ राखि उपचार गर्दै आएकोछ ।

अहिले ९ जना कोभिड– १९ का विरामी अस्पतालमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर रोशन सापकोटाले जानकारी दिए ।

बर्दियामा संक्रमितहरुको संख्या बढ्दै गइरहेको र छिमेकी जिल्ला बाँके, कैलाली, भारतीय सीमावर्ती क्षेत्र तथा सुर्खेतमा पनि कोभिड संक्रमितको उच्चदर रहेकाले स्थानीय प्रशासनले आवात–जावत गर्ने नाकाहरुलाई कडाई गर्नुका साथै जिल्ला भित्रका मानिसहरु आवत–जावतलाई कडाई गरिरहेकोछ ।

कोरोना संक्रमणको चेन तोड्न जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो चरणमा वैशाख १३ गते देखि आंशिक र दोस्रो चरणमा २० गते देखि पुर्ण रुपमा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।